रामेछाप २६ फागुन । नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग ब्यापार महासंघ रामेछापको प्रथम जिल्ला भेला शुक्रबारबाट मन्थलीमा सम्पन्न भएको छ । तेज प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भेलाले जय प्रकाश श्रेष्ठको अध्यक्षतामा पदेन पदाधिकारी तेज प्रसाद सुवेदी रहने गरि उपाध्यक्षमा बद्री केसी,सचिवमा रत्न नेवार,सह सचिवमा झम्क श्रेष्ठ,कोषाध्यक्षमा मीन प्रसाद घिमिरे,सह–कोषाध्यक्षमा सरिता लामा रहनु भएको छ ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं जिल्ला ईन्चार्ज श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा नेपाल उद्योग ब्यापार महासंघ बागमति प्रदेशका अध्यक्ष दिल बहादुर महर्जन,महासचिब सन्तोष पौडेल,केन्द्रिय सदस्य युवराज श्रेष्ठ,केन्द्रिय सदस्य धावा लामा लगायतले भेला सफलताको शुभकामना दिनु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया