रामेछाप ३० चैत । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनबाट रामेछापबाट उपाध्यक्ष ,सचिब सहित तीन जना केन्द्रिय सदस्य सर्व सम्मत रुपमा निर्वाचित भएका छन् । गत चैत २७ गतेबाट शुरु भएको महाधिबेसनले उपाध्यक्षमा कृष्णहरि केसि ,सचिबमा जय गुरुङ्ग,र सदस्यहरुमा क्रमश राजकुमार खड्का,सोनु रोका र छोटी लामालाई सर्ब सम्मत रुपमा चयन गरेको हो ।
महाधिवेसनले अध्यक्षमा क्षितिज थेवेलाई चयन गरेको छ भने एक अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ९ सचिव र कोषाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी सबै सर्वसम्मत चयन भएका छन् ।
यूवा संघको अन्य पधाधिकारीहरुमा क्रमशःअमित लामा, पुष्प श्रेष्ठ, महाराज गुरूङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम उपाध्यक्ष चयन भएका छन ्। त्यसैगरी महासचिवमा सुमन पुरी, उप –महासचिवमा महेन्द्र गुरूङ र राजन थापा चयन भएका छन्।
त्यस्तै सचिवहरूमा बिनय शाह, खेम शर्मा, जय गुरूङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् । कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुखमा राकेश राई चयन भएका छन्।
त्यस्तै लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाईँ, अनुशासन आयोगको प्रमुखमा राकेश लामा र निर्वाचन आयोगको प्रमुखमा बलराम बेलबासे चयन भएको संघले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया