Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेस एक जुट हुनुको विकल्प छैन  ः डा.शशाङ्क कोइराला

नेपाल अभियान नेपाल अभियान
२४ भाद्र २०८०, आईतवार
in देश, प्रदेश नं ३, राजनीति, समाचार
0
45
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ भदौ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं बिपी पुत्र डा.शशाङ्क  कोइरालाले देश निर्माणमा  नेपाली काँग्रेस एक जुट भएर अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताउनु भएको छ । उहाँले गुटकै कारण पार्टी कमजोर भएको स्वीकार गर्दे उसले विना गुट र विना सहारा एक्लै लड्न तयार रहनु पर्ने पनि बताउनु भयो । सो कुरा उहाँले आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापद्वारा सदरमुकाम मन्थलीमा  आयोजित पत्रकार भेटघाटका क्रममा बताउनु भएको हो ।  उहाँले भन्नु भयो – परिवर्तनका लागि लामो ईतिहाँस बोकेको नेपाली काँग्रेस विचारकै कारण उत्कृष्ट पार्टी रहेको र यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ताहरू ईमान्दार हुनको विकल्प छैन । 

  म अठोटका साथ भन्छु ‘‘काँग्रेसले एक जुट भएर आफ्नो विचारका आधारमा अगाडी बढेमा कुनै पनि शक्तिले कहिल्यै पनि यसलाई हराउन सक्दैन ।’’ अहिले काँग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै त्यसलाई  अधिवेशनमा मात्रै उपयोग गर्नू पर्ने र पार्टीको अधिवेशन सकिएपछि सबै मिलेर अगाडी बढ्नुको कुनै पनि विकल्प नरहेको पनि कोइरालाले बताउनुभयो ।  ‘यो वा त्यो नभनी हामी एक हौँ भन्ने दृष्टिकोण जुन दिन नेपाली काँग्रेसले राख्छ, त्यो दिनदेखि नेपाली काँग्रेसको भविष्य उज्ज्वल हुने दाबी पनि गर्नु भयो । 

अर्को प्रसङ्गमा कोइरालाले ’’कार्यकर्ताले आवश्यकता महसुस गरे  आफूले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने सिन बताउनु भएको छ  । उहाँले भन्नु भयो – दसैँ लगतै आफू कार्यकर्ताहरूको चाहना बुझ्न देश दौडाहामा जाने र सो क्रममा कार्यकर्ताहरूले गरेको मूल्याङ्कनका आधारमा १५ औ महाधिवेशनमा  सभापति पदमा उम्मेदवारी दिने  चाहेको पनि स्पष्ट पार्नु भएको छ । 

नेपाली काँग्रेसको शक्ति भनेको बिपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उहाँको भनाइ छ । बिपीले ७० वर्ष अगाडी दिएको विचारबाट पार्टी विचलित नभएको खण्डमा मुलुकका सबै शक्ति मिले पनि काँग्रेसलाई केही असर नहुने पनि कोइरालाले ठोकुवा गर्नु भयो ।

उहाँले कोसी प्रदेशमा काँग्रेस संसदीय दलका नेतालाई मुख्य मन्त्रीका लागि परमादेश गरेर  सर्वोच्च अदालतले गलत काम गरेको पनि बताउनु भयो । उहाँले राजनीति भनेको राजनीतिज्ञले गर्ने विषय भएको र  सबै कुरामा सर्वोच्चलाई समावेश गर्ने परिपाटीले मुलुकमा राजनीतिक खतरा बढाएको पनि कोइरालाको  भनाई छ । उहाँले भन्नुभयो ‘‘ राजनीतिक पार्टीहरूले एक आपसमा छलफल गरेर समस्याको  समाधान निकाल्नका लागि पनि सुझाव दिनुभयो ।  राजनीति भनेको राजनीतिज्ञले गर्ने हो, सर्वोच्चले होइन ।’’ तत्कालीन समयमा केपी ओलीको सरकारलाई पनि परमादेशको माध्यमबाट हटाउनु पनि गलत पूर्ण निर्णय भएको पनि कोइरालाले बताउनु भयो ।

  यस्तै गरी कोइरालाले आफू धार्मिक  स्वतन्त्रताका पक्षपाती भएको भन्दै मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक रहेको बताउनु भयो । कुनै पनि राज्य कहिल्यै पनि  धर्म सापेक्ष या निरपेक्ष हुन सक्दैन । राज्य केवल धर्मका नाममा स्वतन्त्र हुनु पर्छ ।  

Share18Tweet11Share3

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ भाद्र २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ भाद्र २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ भाद्र २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ भाद्र २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२४ भाद्र २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२४ भाद्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero