रामेछाप २४ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं बिपी पुत्र डा.शशाङ्क कोइरालाले देश निर्माणमा नेपाली काँग्रेस एक जुट भएर अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताउनु भएको छ । उहाँले गुटकै कारण पार्टी कमजोर भएको स्वीकार गर्दे उसले विना गुट र विना सहारा एक्लै लड्न तयार रहनु पर्ने पनि बताउनु भयो । सो कुरा उहाँले आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापद्वारा सदरमुकाम मन्थलीमा आयोजित पत्रकार भेटघाटका क्रममा बताउनु भएको हो । उहाँले भन्नु भयो – परिवर्तनका लागि लामो ईतिहाँस बोकेको नेपाली काँग्रेस विचारकै कारण उत्कृष्ट पार्टी रहेको र यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ताहरू ईमान्दार हुनको विकल्प छैन ।
म अठोटका साथ भन्छु ‘‘काँग्रेसले एक जुट भएर आफ्नो विचारका आधारमा अगाडी बढेमा कुनै पनि शक्तिले कहिल्यै पनि यसलाई हराउन सक्दैन ।’’ अहिले काँग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै त्यसलाई अधिवेशनमा मात्रै उपयोग गर्नू पर्ने र पार्टीको अधिवेशन सकिएपछि सबै मिलेर अगाडी बढ्नुको कुनै पनि विकल्प नरहेको पनि कोइरालाले बताउनुभयो । ‘यो वा त्यो नभनी हामी एक हौँ भन्ने दृष्टिकोण जुन दिन नेपाली काँग्रेसले राख्छ, त्यो दिनदेखि नेपाली काँग्रेसको भविष्य उज्ज्वल हुने दाबी पनि गर्नु भयो ।

अर्को प्रसङ्गमा कोइरालाले ’’कार्यकर्ताले आवश्यकता महसुस गरे आफूले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने सिन बताउनु भएको छ । उहाँले भन्नु भयो – दसैँ लगतै आफू कार्यकर्ताहरूको चाहना बुझ्न देश दौडाहामा जाने र सो क्रममा कार्यकर्ताहरूले गरेको मूल्याङ्कनका आधारमा १५ औ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने चाहेको पनि स्पष्ट पार्नु भएको छ ।
नेपाली काँग्रेसको शक्ति भनेको बिपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उहाँको भनाइ छ । बिपीले ७० वर्ष अगाडी दिएको विचारबाट पार्टी विचलित नभएको खण्डमा मुलुकका सबै शक्ति मिले पनि काँग्रेसलाई केही असर नहुने पनि कोइरालाले ठोकुवा गर्नु भयो ।
उहाँले कोसी प्रदेशमा काँग्रेस संसदीय दलका नेतालाई मुख्य मन्त्रीका लागि परमादेश गरेर सर्वोच्च अदालतले गलत काम गरेको पनि बताउनु भयो । उहाँले राजनीति भनेको राजनीतिज्ञले गर्ने विषय भएको र सबै कुरामा सर्वोच्चलाई समावेश गर्ने परिपाटीले मुलुकमा राजनीतिक खतरा बढाएको पनि कोइरालाको भनाई छ । उहाँले भन्नुभयो ‘‘ राजनीतिक पार्टीहरूले एक आपसमा छलफल गरेर समस्याको समाधान निकाल्नका लागि पनि सुझाव दिनुभयो । राजनीति भनेको राजनीतिज्ञले गर्ने हो, सर्वोच्चले होइन ।’’ तत्कालीन समयमा केपी ओलीको सरकारलाई पनि परमादेशको माध्यमबाट हटाउनु पनि गलत पूर्ण निर्णय भएको पनि कोइरालाले बताउनु भयो ।
यस्तै गरी कोइरालाले आफू धार्मिक स्वतन्त्रताका पक्षपाती भएको भन्दै मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक रहेको बताउनु भयो । कुनै पनि राज्य कहिल्यै पनि धर्म सापेक्ष या निरपेक्ष हुन सक्दैन । राज्य केवल धर्मका नाममा स्वतन्त्र हुनु पर्छ ।
यो बारेमा तपाईको प्रतिकृया