Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘ अनेरास्ववियुुले  विद्यालय, विश्वविद्यालय बन्द पनि बन्द गर्दैन र , टायर पनि बाल्दैन ः उपाध्यक्ष गिरी 

नेपाल अभियान नेपाल अभियान
३० भाद्र २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाज
0
62
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० भदौ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का  केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द गिरीले शैक्षिक परिवर्तनको अभियानमा लागेको अनेरास्ववियुले आईन्दा विद्यालय, विश्वविद्यालय बन्द गर्दैनौँ, टायर नबाल्ने दाबी गर्नु भएको छ । उक्त दाबी उहाँले रामेछापको १३ औँ जिल्ला अधिवेशन तथा प्रथम अखिल महोत्सव शुक्रवारबाट सदरमुकाम मन्थलीमा उद्घाटन गर्ने क्रममा गर्नु भएको हो । 

 यदि सरकारले आवश्यक वातावरण बनाइदिन्छ भने  नेपालका विद्यार्थीले विश्वको जुनसुकै विश्वविद्यालयमा पनि पढ्ने र  प्रतिस्पर्धा गर्न सक्छन् भन्दै उहाँले  तर सरकारको अर्कमण्डताका कारण देशको शैक्षिक अवस्था तहस नहस भएको आरोप पनि उहाँले लगाउनु भयो । 

सो क्रममा उपाध्यक्ष गिरीले अरु पार्टीहरू सँग मात्र नभएर एमालेका जन वर्गीय सङ्गठन र अन्य विद्यार्थी सङ्गठनले अनेरास्ववियुका क्रियाकलाप बाट पाठ सिक्न आग्रह गर्नु भयो । साङ्गठनिक अभियान र व्यवस्थापनमा अनेरास्ववियुले मातृ पार्टी नेकपा एमालेलाई पनि कतिपय कुराहरू  सिकाउने सङ्गठनका रूपमा स्थापित संस्था भएकोले यसमा गर्व गर्न पनि सबैलाई निवेदन गर्नु भयो । । शिक्षा क्षेत्रको सुधार आजको आवश्यकता रहेको भन्दै उहाँले शिक्षा क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउने काममा अनेरास्ववियु लागी परेको पनि स्पष्ट पार्नु भयो ।

उक्त उद्घाटन सभामा अनेरास्ववियुका केन्द्रीय  महासचिव नरेश रोका, नेकपा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेशसभाका सदस्य सदस्य आनन्द कुमार श्रेष्ठ , एमाले वाग्मती प्रदेश कमिटीका सदस्य तथा  एमाले रामेछापका नेताहरूले पनि आ आफ्नो मन्तव्य राख्नु भएको थियो । उद्घाटन सभामा अन्य जनवर्गिय सङ्गठनका प्रतिनिधि,एमालेका नेता कार्यकर्ताहरूको पनि उल्लेखनीय रूपमा उपस्थिति रहेको थियो । 

कार्यक्रममा  अनेरास्ववियुका का सचिव डा. सुजन कँडरियाले २२ वर्षसम्म विश्वविद्यालयको समेत पढाइ सकेर देश निर्माणमा लाग्ने गरी शैक्षिक नीति कार्यक्रम बनाउनु पर्ने धारणा राख्नु भयो । उहाँले देश विकासको पहिला आधार शिक्षा क्षेत्रका विकास भएकोले पनि अनेरास्ववियुले मुख्य प्राथमिकतामा राखेको पनि बताउनुभयो । 

शनिवार सकभर सर्व सम्मतिका आधारमा नयाँ नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न हुने गरी कार्यक्रम तय भएको सङ्गठनले जनाएको छ । अधिवेसन    (अनेरास्ववियु) का अहिलेका संयोजक मदन खड्का, सह–संयोजक हिमाल बोहरा र सचिव पुष्कर भट्टराईले अध्यक्षमा दाबी गरेका छन् ।  तीन जनाको दाबी रहे पनि सकेसम्म पार्टी र सङ्गठनले सहमतिको गरी नयाँ नेतृत्व घोषणा गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।

Share25Tweet16Share4

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० भाद्र २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० भाद्र २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० भाद्र २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३० भाद्र २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

३० भाद्र २०८०, शनिबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

३० भाद्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero