रामेछाप २६ पुस । जिल्लाको गोकुलगंगा गाउँपालिकाले आफ्नो हिउँदे अधिवेसन तथा १४ औँ गाउँ सभा सकेको छ । आफना कार्यपालीकाका सदस्य, पालिका भित्रका सरोकारावाला राजनैतिक दल र नागरिकहरूको रोहबरमा उसले बुधवार आफ्नो गाउँ सभा सम्पन्न गरेको हो ।
पालिका अध्यक्ष काजीबहादुर खड्काको अध्यक्षयतामा भएको गाउँ सभामा बितेको छ महिनामा पालिकाले गरेका काम, सञ्चालित योजना र हाल सम्म सम्पन्न योजनाहरूको प्रगतिका बारेमा जानकारी गराइएको थियो । सभाले सभाका सदस्य चन्द्रबहादुर सुनुवारले प्रस्ताव गरेको वन विधेयकलाई पनि बहुमतले पारित गरेको छ । विधेयकलाई वडा नं ३ का अध्यक्ष कुलविक्रम कार्कीले समर्थन गरे सँगै विधेयक बहुमतले पारित भएको सभाध्यक्ष जानकारी गराइएको थियो ।

गाउँ सभाले उपाध्यक्ष उषा देवी कार्कीले पेस गरेको चालु आर्थिक वर्षको आय, व्ययको विवरण पेस गर्नु भएकोमा बहुमत निर्णयले पारित भएको घोषणा गरिएको थियो । चालु आर्थिक वर्षको लागि करिब ६२ करोड बजेट ल्याएको यो पालिकाले हाल सम्म ३५ प्रतिशत मात्रै प्रगति हाँसिला गर्न सफल भएको जानकारी पनि उपाध्यक्ष कार्कीले गराउनु भयो । प्रस्तुतिमा उपाध्यक्षले खर्च तर्फ चालु खर्च ३१ दशमलव ९७ प्रतिशत र पुँजीगततर्फ १२ प्रतिशत गरी कुल २३ दशमलव ०४ प्रतिशत खर्च भएको उल्लेख गर्नु भएको थियो ।
त्यसैगरि अध्यक्ष खड्काले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा चालु आर्थिक वर्षको पुस अन्तिम सम्म आइपुग्दा यो पालिकाले ठेक्का प्रक्रिया मार्फत सञ्चालन हुने योजना ७ वटा रहेको उल्लेख गरिएको थियो । जसमा ५ वटा योजना ठेक्कामा गइसकेको भन्दै ‘बन्चरे–ना माडी–फर्पुफेदी–खिम्ती सडक विस्तार र जन जागृत मावि बेतालीको भवन निर्माणको काम भने तीव्रताका साथ अगि बढेको जानकारी गराउनु भयो । त्यसैगरि अध्यक्ष खड्काले ‘ठोसे–टगम–सिंगटी सडक स्तरोन्नतिको लागि सम्झौताको प्रक्रियामा रहेको पनि आफ्नो प्रगति प्रतिवेदनमा खुलाउनु भयो ।’
त्यसैगरि खड्काले शिक्षा, स्वास्थ्य, खेलकुद, पशुपंक्षि, कृषि र न्यायिक समितिले गरेका कामहरू वडा–वडामा प्रदान गर्न थालनी भएको पनि प्रतिवेदनमार्फत पेस गर्नु भएको थियो ।
पालिकाले २२६ वटा योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसमा हालसम्म १६३ वटा अर्थात् ७२ दशमलव ५४ प्रतिशत योजनाको सम्झौता सकिएर अब ६३ वटा योजना गरी कुल २७ दशमलव ४६ प्रतिशत योजना सम्झौताको हुने क्रममा रहेका जानकारी पनि सो अवसरमा गराइएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया