Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एकीकृत घुम्ती शिविरका कारण फुलासिको सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी 

नेपाल अभियान नेपाल अभियान
१४ माघ २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार, स्थानीय सरकार
0
20
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १४ माघ ।  मन्थली नगरपालिकाले नगर भित्रका आफना नागरिकहरुका लागि घरदैलोमा सेवा पुर्याउने अभियान अनुरुप वडा नं १३ फुलासीको हरेचिण्डेमा संचालन गरेको एकीकृत घुम्ती शिविरका कारण त्यहाँको सार्वजनिक सुनुवाई कार्यक्रम पनि प्रभाबकारी बनेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकको सक्रिय प्रस्तुति  संगै  उनिहरुको घरदैलोमा पुगेर  सेवा प्रदान गर्ने नगरको लक्ष्य अनुरुप  नगरपालिकाले गत शुक्रबार सार्वजनिक सुनुवाई संगै  कृषि तथा पशु शाखाको अगुवाईमा सेवा शिविरमार्फत घरदैलोमा प्रदान गरेको हो ।

तीन वटै सेवा घर पाएकमानै र एकै ठाउँबाट पाईने र नगर र वडाका कामहरुको बारेमा खुलेर बोल्न र सुन्न पाईने भएपछि उक्त भेलामा सहभागि करिव २ सय मध्य एक दर्जन भन्दा बढि  नागरिकहरुले फुलासीका कृषकहरुका लागि कृषिमा गरिने र गर्दे आएको अनुदानको अवस्था र मल विउ र अनुदानमा गरिएको विभेद र तिनको अपर्याप्तताका कारण उत्पादनमा आसातित वृद्धि गर्न नसकिएको गुनासो गरेका थिए ।

 त्यसैगरी शिक्षाको गुणस्तरियतामा सुधार हुन नसकेको संगै  वडा भित्र खानेपानीको दिर्घकालीन ब्यवस्थापन  र सडक तथा पहिरो नियन्त्रण आदी मुख्य समस्या भएकाले समाधानका लागि नगर पालिकाको ध्यानाकषर्ण गराएका थिए । कार्यक्रमका अवसरमा सहभागि नागरिकहरुले संचालित सेवा र विकास निर्माणका कामहरु  र तिनको अवस्थामा हाका हाकी कुरा उठाएका थिए । जसमा महिला र कृषकहरुले पनि हाका हाकि प्रश्न सोधेर कार्यक्रमलाई प्रभावकारी बनाएका थिए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुका बारेमा नगर प्रमुख लव श्रेष्ठ,प्रमुख प्रसासकिय अधिकृत हरि प्रसाद चापागाई र वडा नं १३ र १४ का वडा अध्यक्ष नवराज थापा मगर र मोतिलाल तामङ्गले जवाफ दिनु हुँदै सेवा र संचालित विकास निर्माणका कामको दिर्घकालीन गुणस्तरियताका लागि नगरले कुनै पनि कमि आउन नदिने भन्दै त्यसका लागि नागरिक हरुलाई पनि सहयोग गर्न आग्रह गर्नु भएको  थियो ।  

नगरपालिकाले भेटेनरि सेवा अन्र्तगत २ सय जनाले र कृषि सेवा  तर्फ  १ सय ४७ जना किसानहरुले कृषि सम्बन्धि सेवा लिएका छन ।जस अन्र्तगत पशु तर्फ विभिन्न प्रकारका औषधि वितरण तथा घर पालुवा कुकुर हरुका लागि रेविज विरुद्धको खोप सेवा र प्राविधिक परामर्श समेत दिइएको मन्थली नगरपालिकाका भेटेनरि प्रमुख मुुकुन्द खड्काले जानकारी दिनु भयो ।

त्यसैगरि कृषि तर्फ किसानहरुको जमिनको माटो परीक्षण,मौसमी तथा बेमौसमी तरकारीको उन्नत जातको विउ वितरण,तथा रोग किरा नियन्त्रण सम्बन्धि प्राविधिक परामर्श दिएको छ । नगरले आफना दुर्गम वडा ११,१२,१३ र १४ वडा गरि ४ वटा वडाका नागरीकहरुको घरदैलोमा सेवा पुर्याउने लक्ष्य सहित सबैलाई पाएक पर्नै फुलासीमा उक्त कार्यक्रम संचालन गरिएको र अन्य वडाहरुमा पनि नागरिकहरुको माग र आवश्यक्ताका आधारमा नगरले यस खालका  शिविरलाई निरन्तरता दिँदै आएको नगर प्रमुख लब श्रेष्ठले बताउनु भयो ।  

 घरदैलो सेवा सँगै ति वडाहरुमा गएको एक वर्ष  भित्र नगरपालीका र वडा कार्यालयहरुबाट भए गरेका कामको पारदर्शिता र गुणस्तरियता संगै नगरवाट भए गरेका अन्य सेवाका बारेमा  जानकारी लिन र नागरिकहरुको समस्याका वारेमा सुनुवाई गर्न सोहि दिन सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेको थियो । 

Share8Tweet5Share1

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१४ माघ २०८०, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१४ माघ २०८०, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१४ माघ २०८०, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१४ माघ २०८०, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१४ माघ २०८०, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१४ माघ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.