Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली अस्पतालको स्तरोन्नतिका लागि लाग्ने जन प्रतिनिधिहरूको प्रतिबद्धता 

नेपाल अभियान नेपाल अभियान
२७ माघ २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
41
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,२७ माघ  । सदरमुकाम मन्थलीमा रहेको मन्थली  नगर अस्पतालले आफ्नो  तेस्रो वार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यका साथ अस्पतालले शनिवार बिहान रणजोर खोला पुलबाट आकाशे पुलसम्म खुला म्याराथन प्रतियोगिता गरेको थियो । सो कार्यक्रमको उद्घाटन रामेछापका सङ्घीय सांसद पूर्णबहादुर तामाङ(कान्छाराम) ले एक समारोहका बिच पानसमा बत्ती बालेर   गर्नु भएको  थियो ।

सो अवसरमा  सांसद तामाङले मन्थली अस्पताललाई जिल्लाको मुख्य र आकर्षक अस्पतालका रुपमा विकास गर्न सबैको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनुभयो । अस्पतालको आवश्यक व्यवस्थापनका  लागि  सङ्घीय र प्रदेश सरकारको पनि सहयोग आवश्यक पर्ने भएकोले सबै तहका सांसदहरूले लागि पर्नु पर्ने धारणा पनि राख्नु भयो । उहाँले हाल सम्म मन्थली नगरपालिकाले अस्पताल सञ्चालन र व्यवस्थापनका लागि गरेको सहयोगको प्रशंसा पनि गर्नुभयो । उहाँले भन्नुभयो –“ सङ्घ र प्रदेश सरकारको समेत सहयोग जुटाउन सकिएन भने मन्थली अस्पताललाई नगर पालिकाले मात्र  धान्न सक्ने अवस्था हुँदैन ” । उहाँले अस्पतालमा बढ्दो बिरामीको चापलाई व्यवस्थापन गर्नका लागि आवश्यक  उपकरण र जनशक्ति चाहिने हुँदा यसको स्तरबृद्धिका लागि आफू पनि योगदान गर्न तयार रहेको पनि बताउनु भयो  ।

कार्यक्रमका अर्का अतिथि वागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले मन्थली अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा गरेको सहयोगको प्रशंसा गर्दै यसको थप विकासका लागि आफूले कुनै पनि कसुर नराख्ने धारणा राख्नु भयो । 

वागमती प्रदेशका अर्का सांसद युवराज चौलागाईँले एकले अर्कालाई गाली गरेर समस्या समाधान नहुने बताउनुभयो । चौलागाईंले स्वास्थ्यको अधिकार मौलिक अधिकार भित्र पर्ने  भएकोले नागरिकको स्वास्थ्य सम्बन्धी   अधिकार सुरक्षित गर्नका लागि सबै पक्षलाई   जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो । उहाँले कार्यक्रमका क्रममा अर्का प्रदेश सांसद आनन्द श्रेष्ठलाई लक्षित गरी अरूलाई सुझाव दिने भन्दा पनि आफू नै सुध्रिनु पर्ने धारणा राख्नु पर्ने भन्दै मन्थली अस्पतालको स्तरीकरणमा आफूले प्रयास गरी रहेको भन्दै सबै सँगको सहकार्यमा उक्त प्रयासलाई सफल बनाउने दाबी गर्नु भयो ।

वागमती प्रदेशसभा अर्का सांसद  आनन्द श्रेष्ठले सत्तापक्षको बेवास्ताका कारण मन्थली अस्पतालको स्तरोन्नतिमा समस्या देखिएको भन्दै  सङ्घीय र प्रदेश सरकारको दृष्टिकोण परिवर्तन आवश्यक रहेको  बताउनुभयो । उहाँले मन्थली अस्पतालको बढ्दो बिरामीहरूको चापलाई कमगर्नका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन आफूले पटक पटक गरेको प्रयासलाई सङ्घीय र प्रदेश सरकार दुवैले  बेवास्ता गरेकै कारण समस्या आएको बताउनु भयो  । 

कार्यक्रमका अध्यक्ष समेत रहनु भएका मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सीमित स्रोत र साधनका बाबजुद पनि मन्थली अस्पतालले नागरिकहरूका लागि गुणस्तरीय सेवा दिन सकेकोमा अस्पतालका चिकित्सक सहितका सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिदै नगरपालिका एकलैको भरमा अस्पताल सञ्चालन गर्न समस्या भएको बताउनुभयो ।

 अस्पताल लगायत मन्थली नगरपालिकाका सञ्चालन र  अस्पताल भवन निर्माणको क्रममा अहिले पनि समस्या भएको भन्दै यसका लागि साँसदज्युहरुर्ला पनि सहयोग सहित खबरदारी गरिदिन पनि प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।

कार्यक्रमको आरम्भमा मन्थली अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा समीर क्षेत्रीले अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधा र  हाल सम्म भएका प्रयासहरूका बारेमा जानकारी गराँउदै  धेरै चुनौतीहरूका बाबजुद  मन्थली अस्पतालले गुणस्तरीय   स्वास्थ्य सेवाहरू प्रवाह गर्न सफल भएको बताउनुभयो । उहाँले मन्थली अस्पतालले चालु आवमा २६ हजार बिरामीले स्वास्थ्य सेवा लिएको जानकारी गराउँदै दैनिक डेढ सय भन्दा वढि  बिरामीहरूलाई अस्पतालले सेवा प्रदान गर्दै आएका जानकारी पनि गराउँनु भयो ।  मन्थली अस्पतालले आफ्नो सेवालाई  गुणस्तरीय बनाउँदै लगे संगै रामेछापको अलावा  छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्ला सम्मका मानिसहरू पनि मन्थली अस्पतालमा उपचारका लागि आउनु सुखद कुरा रहको पनि आफ्नो प्रस्तुतिका क्रममा जानकारी गराउनु भएको  थियो ।

 औपचारिक कार्यक्रम अघि अस्पतालले बिहान खुल्ला महिला,खुल्ला पुरुष र ३० वर्ष मुनि उमेर समूहका लागि छुट्टा छुट्टै समूहका लागि म्याराथन प्रतियोगिता पनि सञ्चालन गरेको थियो भने अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण वितरण गर्नुका साथै कार्यक्रम स्थलमानै खुल्ला  रक्तदान  कार्यक्रम पनि गरिएको थियो । 

हाल मन्थली अस्पतालमा पाँच जना चिकित्सक सहित ५५ जना कर्मचारी कार्यरत रहेका छन् । जस अन्तर्गत  अस्पतालले २४ घण्टे इमर्जेन्सी सेवा र शल्यक्रिया सहितको प्रसूति सेवा, ओपिडी, रेडियोलोजी सेवा, थेरापी सेवा, डेनटल सेवा, पोस्टमार्टम, आँखा केन्द्र, ल्याब, फार्मेसीलगायत सेवा प्रवाह गर्दे आएको जानकारी पनि डा क्षेत्रीले गराउनु भएको थियो । 

कार्यक्रमका अवसरमा मन्थली नगर पालिकाका निवर्तमान प्रमुख रमेश कुमार बस्नेत लगायतका वक्ताहरूले अस्पतालको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । सो अवसरमा उत्कृष्ट सेवा गर्नै अस्पतालका सबै विधाका एक एक जना कर्मचारीलाई नगद  पुरस्कार सहित सम्मान गरिएको थियो । 

Share16Tweet10Share3

Related Posts

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२७ माघ २०८०, शनिबार
रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र
समाचार

रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र

२७ माघ २०८०, शनिबार
सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व
समाचार

सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व

२७ माघ २०८०, शनिबार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

२७ माघ २०८०, शनिबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

२७ माघ २०८०, शनिबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

२७ माघ २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.