Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जोखिम मोलेरै भएपनि विद्यालय जान आउन बाध्य छन् पुछिघाटका वालवालिका

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ मंसिर २०८१, बिहीबार
in देश, शिक्षा, समाज
0
21
SHARES
Share on FacebookShare on Twitter

मन्थली,६ मंङ्सिर । रामेछापको खाँडादेवी गाँउपालिका वडा नं–४ र सिन्धुलीको सुनकोसी गाँउपालिका वडा नं–६ चैनपुर जोड्ने पुछिघाटमा रहेको झोलुङ्गे पुल क्षति ग्रस्त भएपछि यहाँका विद्यार्थीहरु जोखिम मोलेरै भएपनि विद्यालय आउ जाउ गर्न बाध्य बनेका छन् ।

जोखिममा आफ्नो भविश्य खोज्दै पुछिघाटका विद्यार्थीहरु

यही आसोज १० ११ र १२ गते परेका अविरल बर्षाका कारण सुनकोसी नदीमा आएको बाढिले यो पुल क्षति पु¥याउदा जोखिम मोलेरै भएपनि कक्षा ६ देखि १२ सम्मका यहाँका २८ जना भन्दा विद्यार्थीहरु
सिन्धुलीको खाल्टेमा रहेको दीर्घ प्रदिप माध्यामिक विद्यालयमा अध्ययन गर्न जाने र अाउने गरेका छन् ।


बिद्यार्थी मात्र हैन पुछिघाटको आधारभुत विद्यालयमा अध्यापन गराउन २ जना शिक्षकहरु खाल्टे बाटै आउँछन भने पुछिघाटका अधिकांस मानिसहरुको खेतवारी खाल्टेमा भकाका कारण यहाका १५० भन्दा बढि कृषि कर्म गर्ने कृषकहरु दैनिक रुपमा यही पुल बाट आवत जावत गर्ने गरेका छन् ।


यहाँका मानिसहरु विरामी परेको खण्डमा औषधि उपचारका लागि यही पुल भएर जिल्ला सदरमुकममा रहेको अस्पताल, खाल्टेमा रहेको सुनकोसी अस्पताल वा खुर्कोटमा रहेको शुभ जीवन लगाएतका अन्य नीजी अस्पातालहरुमा लैजानका लागि पनि यही पुल प्रयोग गर्ने गरिएको स्थानीय शिक्षक इन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।

सुनकाेशी नदीमा बाढी अएकाे दिनकाे पुछिघाटकाे पुलकाे अबस्था , फाइल तस्विर साैजन्यः इन्द्र श्रेष्ठ

यस पुलको रामेछाप तर्फको २० मिटर क्षेत्रको ७ वटा स्पटेवुल ड्यामेज भएको, लठ्ठा बाङ्गेकोले सामान्य खर्चले मर्मत हुन नसक्ने अबस्था भएपछि जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णय गराएर यो लगाएत पालिका अन्तर्गतका क्षति भए

का अन्य पुलहरुको वारेमा मर्मत संहारका लािग सस्पेन्सन बृज डिभिजन जाउलाखेल ललितपुरमा पठाइएको र त्यहाको टोलीले थप अध्ययन गरिरहेको गाँउपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताउनुभयो ।
उहाले भन्नु भयो – पुछिघाट लगाएत बढि क्षति भएका झोलुङ्गे पुल वगाएका केहि स्थानहरुमा हामीले र्याफटिङ् उपलब्ध गराएका छौ ।


पालिकाको पहलमा र्याफटिङ्ग बोर्ड उपलब्ध गराएपनि जो सुकैले त्यसलाई चालाउन नजान्ने, एक पटकमा ५÷६ जना भन्दा बढि मानिसहरु आवत जावत गर्न नमिल्ने र दक्ष र्याफटीङ्ग चालकले नदी वारपार गराए वापद उसलाई कुनै किसिमको सेवा सुबिधा नभएका कारण नियमित रुपमा त्या त्यो पनि सञ्चालन हुन नसक्दा यहाका विद्यार्थी र स्थानीयले दुखः पाइरहेका छन् ।

सुनकोशी नदीमा आएको बाढिका कारण जिल्लामा क्षति भएका अधिकास झेलुङ्गे पुलहरु मध्ये पुछिघाट,कोथवे, बेलघारी, त्रीबेणी (खल्टे) सित्खा गरी ५ वटा पुलहरु खाँडादेवी गाँउपालिकाका रहेका छन् भने खुर्कोट र नवुघाटको झोलुंगेपुल मन्थली न पा मा पर्दछन, त्यसैगरी हर्दिनि घाट बिर्ता घाट, कुखुरे टारको चुखिया घाट र मन्सुली घाट का पुलहरु रामेछाप नगरपालिका अन्तर्गत पर्दछन । ति मध्ये पुछिघाटको पुल विचमा भाचिएर २० मिटर जति क्षति भई ७ वटा स्टेवुल ड्यामेज भएको, सुनकोशी नदीले सित्खाको पुल वगाएको, डप्खाको पुलको दुवै तर्फको पखेटा लठ्ठा बाङ्गिएको, बेनी (खाल्टे) को पुलको पखेटा लठ्ठा भाचिएको प्राविधिक हरिश्चन्द्र बरालले बताउनु भयो ।


त्यसैगरी मन्थली नगरपालिका अन्तर्गत पर्ने खुर्कोटको झोलुङ्गे पुल बगाएको, नवुघाटको पुलको पखेटा लठ्ठा चुडिएको , रामेछाप नगरपलिका अन्तर्गत हर्दिनी घाटमा रहेको झोलुङ्गे पुलको पखेटा लठ्ठा चुडिएर पुल नै बाङ्गो भएको,विर्ता घाटको र कुखुरेटार अन्तर्गत चुखिया घाटको पुल बगाएको र मन्सुली घाटको पुल को लठ्ठा चुडिएर पुल नै बाङ्गो भएको पनि प्राबिधिक बरालले बताउनुभयो । उहाले आफुहरुले ति सबैको क्षति विववरण संकलन गरी सम्बन्धित पालिकालाई मर्मत तथा निर्माण लागत अनुमान प्रतिवेदन दिन तयारी गरिरहेको पनि बताउनुभयो ।


बाढिले रामेछाप र सिन्धुली जिल्ला जोडने दुईवटा पक्की पुल समेत बगाएको थियो । ति पुलहरु मध्ये मध्ये खुर्कोटको पुल बगाएको १ महिना भित्र नेपाली सेनाको सकृयतामा बेली वृज निर्माण गरी सञ्चलनमा आइसकेको छ तर खैरेनीघाटको पक्की पुलको निर्माण कार्य भने अझै सुरु हुन सकेको छैन ।


जिल्लाका विभिन्न पालिकामा पुल लगाएत अन्य भएको क्षतिको विवरण संकलन हुने क्रम जारी भए सँगै विपद ब्यवस्थापन समिति रामेछापले भने समतिको बैठक वसेर विपद ब्यवस्थापनका लागि संघिय सरकारबाट प्राप्त रमक मध्ये ७ वटै पालिकालाई दामासायीले पचास पचास लाखका दरले पठाइएको विपद ब्यवस्थापन समिति रामेछापका संयोजक एबं प्र जि अ राजु प्रसाद पौडेलले बताउनु भयो ।

तर सो विषयमा खाँडादेवी गाँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठकाे भने दामासायीले पैसा पठाउनुभन्दा पनि क्षतिकाे विवरणको आधारमा जिल्ला बिपद व्यवस्थापन समितिले रकम पठाउनु पर्ने माग रहेकाे छ ।

बढि क्षति भएका पालिका र कम क्षति भएका पालिकाहरुलाई एउटै रकम हस्तान्तरण गर्दा बढि क्षति भएका पालिकाहरुलाई अन्याय भएको उहाको गुनासो रहेको छ ।

खाँडादेवी गाँउपालिका अन्तर्गत पर्ने याे लगाएत अन्य वडामा क्षति भएका पुलहरूकाे अस्थायी ब्यसस्थापन गर्न र अन्य विपद सँग सम्बन्धित समस्याहरुलाई समाधान गर्नका लागि वडा अध्यक्षहरूलाई प्रत्येक वडामा ५ लाखका दरले पेश्की समेत दिएको पनि उहाले बताउनुभयाे ।

Share8Tweet5Share1

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

६ मंसिर २०८१, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

६ मंसिर २०८१, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

६ मंसिर २०८१, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

६ मंसिर २०८१, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

६ मंसिर २०८१, बिहीबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

६ मंसिर २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.