Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षक दम्पतीद्वारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण 

बद्री नयाँघरे बद्री नयाँघरे
२१ माघ २०८१, सोमबार
in देश, प्रदेश नं ३, शिक्षा, समाज, स्थानीय सरकार
0
80
SHARES
Share on FacebookShare on Twitter

 शिक्षक दम्पतीद्वारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि ,हस्तान्तरण 
 रामेछाप २१ माघ  ।   मन्थली नगरपालिका–५ स्थित भैरवी मावि  सुनार पानीको हाताभित्र निर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक दम्पती द्वारिका कार्की र शिक्षक महालक्ष्मी कार्कीले निजी लगानीमा निर्माण गरिदिएको सरस्वती मन्दिरको वसन्तपंचमीको अवसर पारेर प्राण प्रतिष्ठा सँगै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले एक औपचारिक कार्यक्रमका बिच सोमबार उद्घाटन गर्नु भएको हो  ।  
लामो समय देखि सुनार पानीको भैरवी माविमा अध्यापन गराउँदै आउनु भएका शिक्षक द्वारिका कार्की र सोही विद्यालयमा कार्यरत शिक्षक महालक्ष्मी कार्कीले आफ्ना स्वर्गीय पिता  भीमबहादुर कार्की र आमा अन्नपूर्ण कार्कीको स्मृतिमा सपरिवारको सल्लाहमा विद्यालय हाता भित्र उक्त मन्दिर निर्माण गर्नु भएको थियो  । नव निर्मित मन्दिर उद्घाटन अघि कार्की दम्पतीले मन्दिर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको थियो । कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैयाँको लागतमा उक्त  मन्दिर निर्माण गरिएको हो । 
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट  बोल्दै नगरप्रमुख लव श्रेष्ठले कार्की दम्पतीले विद्यालय हाता भित्र सरस्वतीको मन्दिर बनाएर आफ्नो निजी र पारिवारिक हैसियत उँचो बनाएको धारणा व्यक्त गर्नु भयो । उहाँले कार्की दम्पती जस्तै समाजका अन्य मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्ने हो भने हाम्रो देशले काँचुली फेर्नका लागि कति पनि समय कुर्न नपर्ने धारणा व्यक्त गर्नु भयो । 
नगर प्रमुख श्रेष्ठले सबै नागरिकले कार्की दम्पतीले जस्तै  गरी उँचो मनोभावले सकारात्मक सोचका साथ  सामाजिक दायित्व पनि पुरा गर्ने हो भने नेपाल सरकारले परिकल्पना गरे भन्दा पनि चाँडै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार  बन्ने विश्वास व्यक्त गर्नु भयो ।  यसबाट व्यक्तिले  चाह्यो भने समाजमा परिवर्तन सम्भव भएको बताउँदै   अभियानमा सबै पक्षलाई सकारात्मक भएर लाग्न पनि नगर प्रमुखले आग्रह गर्नु भयो । 
 उक्त कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष रवीन कार्की मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की,नेकपा एमालेका नगर सचिव गणेश कार्की तथा समाजसेवी  शिव ध्वज कार्की  लगायतका वक्ता हरुले कार्की दम्पतीले विद्यालय हाता भित्र मन्दिर बनाएर उदाहरणीय काम गरेको भन्दै उहाँहरूको कामको प्रशंसा गर्नुभयो । 
 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको मन्दिर हस्तान्तरण तथा प्राण प्रतिष्ठा कार्यक्रममा स्थानीय जनप्रतिनिधि,   शिक्षक, विद्यार्थी, अभिभावक हरूको पनि उल्लेख्य रूपमा उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय परिवारको तर्फबाट  मन्दिर बनाइदिने  शिक्षक दम्पती द्वारिका कार्की र  शिक्षक महालक्ष्मी कार्कीले लाई प्रमुख अतिथिको हातबाट कदर पत्र र दोसल्ला ओढाएर  सम्मान पनि गरिएको थियो । 

Share32Tweet20Share6

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२१ माघ २०८१, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२१ माघ २०८१, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२१ माघ २०८१, सोमबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२१ माघ २०८१, सोमबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

२१ माघ २०८१, सोमबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२१ माघ २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero