Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

नेपाल अभियान नेपाल अभियान
१३ फाल्गुन २०८१, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्वास्थ्य
0
83
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप १३ फागुन  ।  आफ्नो सेवा प्रवाहमा अब्बलता कायम गर्दे आएको रामेछाप अस्पताल वाग्मती प्रदेशका अस्पतालहरू  मध्यबाट  दोस्रो स्थानमा पुग्न सफल भएको छ । प्रदेश भित्र रहेका दश  जिल्ला मध्यका प्रदेश अस्पतालहरू मध्य प्रदेश मन्त्रालयको मापदण्ड कार्यान्वयनमा कुल १ सय अङ्कमा ८९ अङ्क प्राप्त गर्दै रामेछाप अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्ने दोस्रो उत्कृष्ट अस्पतालका रूपमा पुग्न सफल भएको  हो ।
अस्पताल व्यवस्थापन समितिको आयोजनामा मङ्गलवार अस्पताल हाता भित्र गरिएको को अस्पताल भित्र प्रवाह हुने न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन समितिका सदस्य रत्न नगर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले सबै सेवा बापत अस्पतालले  प्राप्त गरेको  कुल  ८९ अङ्क सहितको परिणाम सार्वजनिक गर्नु भएको थियो । 
 अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिन र मेडिकल सुपरिटेन्डेन्ट  डा केशव श्रेष्ठ सहित अस्पतालका चिकित्सक र सबै स्वास्थयकर्मिहरुको रोहबरमा गरिएको परिणामको बारेमा शीर्षकगत रूपमा मूल्याङ्कन सहितको अँकभारको विवरण पनि मूल्याङ्कन समितिले सार्वजनिक गरेको थियो ।
सो अवसरमा सदस्य डा  ज्ञवालीले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा रामेछाप अस्पताल दोस्रो भए सँगै सिन्धुपाल्चोकको चौतारा अस्पताल ९३ अङ्क सहित प्रदेशमा पहिलो, र दोलखा जिल्लाको चरिकोट स्थित पशुपति चौलागाइ स्मृति अस्पताल ७२ अङ्क प्राप्त गर्दै  तेस्रो नम्बरमा पर्न सफल  भएको जानकारी पनि गराउनु भएको थियो  ।  न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम (एसएमएस) अन्तर्गत  बागमती  प्रदेश भरीका ५० शय्याको अस्पतालहरूको मूल्याङ्कनका आधारमा गठित प्रदेश मूल्याङ्कन समितिले तोकिएको मापदण्ड भित्र रहेर तयार गरेको परिणामका आधारमा उक्त परिणाम सार्वजनिक गरेको हो ।   
त्यसका लागि वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाले फागुन १२ र १३ गते दुई दिन सम्म  अस्पतालमा रहेर गरेको  स्थलगत अनुगमनका आधारमा अस्पतालको न्यूनतम मापदण्ड कार्यान्वयनको अवस्थाका बारेमा  मापन गरेको जानकारी पनि सो अवसरमा गराइएको थियो  ।
नतिजा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दे न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन समितिका प्रमुख स्वास्थ्य निर्देशनालय हेटौँडाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले   न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा रामेछाप अस्पताल दोस्रो हुन सफल भएकोमा सिङ्गो अस्पताल टिमलाई बधाई दिनुभयो । उहाँले  आर्थिक वर्ष २०८०÷०८१ बाट ५० शय्याको अस्पताल बनेको रामेछाप अस्पताल छोटो समयमा नै न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा प्रदेश भरिका अस्पताल मध्य आफ्नो सेवा प्रवाहमा   दोस्रो बन्न सफल हुनुको श्रेय अस्पतालको नेतृत्व र आम कर्मचारीलाई जाने भएकोले आगामी दिनमा अझै  राम्रो काम गर्दे जानु पर्ने दायित्व पनि  अस्पताल टिमको काँधमा थपिएको  बताउनुभयो ।
रामेछाप अस्पतालले  कुल पूर्णाङ्कको  ८९ अङ्क  ल्याएर ५० बेडको अस्पताल स्वीकृति भएको छोटो समयमा उत्कृष्ट स्थान हासिल  गर्नु राम्रो भएपनि  यो अस्पतालले आफ्नो सेवा प्रवाहका क्रममा धेरै कुराहरू सुधार गर्न आवश्यक  रहेकोले त्यस तर्फ पनि कर्मचारी र नेतृत्वलाई गम्भीरताका साथ लाग्न पनि डा दर्नालले आग्रह गर्नु भयो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दे  अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले अस्पतालले प्राप्त गरेको अङ्कको श्रेय नेतृत्व सँगै अस्पतालका चिकित्सक र आम स्वास्थकर्मिहरुलाई  जाने भन्दै यो कर्ममा सहयोग गर्नु हुने सबै साथीहरूलाई बधाई सँगै धन्यवाद पनि दिनु भयो । उहाँले आर्थिक वर्ष २०८०÷०८१ मा  अस्पतालबाट २० हजार ४ सय १४ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्षको फागुनको दोस्रो हप्ता सम्म आइपुग्दा   कुल १४ हजार ९ सय ४० जनाले अस्पतालबाट प्रत्यक्ष रूपमा सेवा लिएको तथ्याङ्क पनि पेस गर्नु भएको थियो  ।
सो क्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले आफ्नो प्रस्तुतिमा २०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएको रामेछाप अस्पताल  २०५० सालमा १५ शय्याको अस्पतालमा स्तरोन्नति हुँदै  आर्थिक वर्ष २०७५÷०७६ बाट वाग्मती प्रदेश अन्तरगतको अस्पतालको रूपमा सञ्चालनमा रहेको जानकारी पनि गराउनु भएको थियो । उक्त  अस्पतालले  आर्थिक वर्ष २०८०÷०८१ बाट भने ५० शय्याको अस्पतालका रूपमा स्वीकृति प्राप्त गरी  सञ्चालित अवस्थामा रहेको छ ।

सो क्रममा अस्पताल  व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले  सेवाको विस्तार तथा गुणस्तरीयता सँगै पछिल्लो समयमा   रामेछाप  अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरूको सङ्ख्या अत्यधिक रूपमा बढेको भन्दै  अस्पतालबाट अपाङ्ग तथा ज्येष्ठ नागरिक र विपन्नहरूलाई प्रवाह गरिँदै आएको विभिन्न छुट र अन्य सेवाका बारेमा पनि जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले  आफूले अस्पतालको नेतृत्व गरेपछि अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा कुल ९१ अङ्क हासिल गरी देशभरबाट तेस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो । वर्ष  पनि बागमती प्रदेश भरिका ५० सैयाका अस्पताल मध्य मा दोस्रो स्थान हासिल गर्नु पनि गर्वकै कुरा भएको धारणा व्यक्त गर्नु भएको थियो ।  
कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहनु भएका रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले  विगत देखि नै न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापनमा राम्रो अङ्क प्राप्त गर्दै आएको रामेछाप अस्पताल यस वर्ष पनि यो अस्पताले यो पटक पनि बागमती प्रदेशमा दोस्रो  अङ्क प्राप्त गर्न सफल भएकोमा नेतृत्व र कर्मचारीलाई धन्यवाद दिँदै अस्पतालको सफलता प्रति आफूलाई खुसी लागेको धारणा व्यक्त गर्नुभयो । 
सो अवसरमा उहाँले  अत्यन्त मेहनत र कष्टकर अवस्थामा हुर्किएको रामेछाप अस्पतालको सानलाई सबै पक्षले मिलेर जगेर्ना गर्नु पर्ने धारणा राख्नु भयो । त्यसै गरी वहाँले गत वर्ष मात्रै ५० शय्याको अस्पतालको संरक्षण गर्दे  आम  नागरिकलाई स्वस्थ राख्नु स्थानीय सरकारको पनि उत्तिकै दायित्व भएकाले अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन नगरले अरू पनि सहयोग गर्दे जाने विश्वास पनि नगर प्रमुख न्यौपानेले गर्नु भयो । 
कार्यक्रममा रामेछापको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति, अस्पतालका कर्मचारी लगायतको मिहिनेतका कारण अस्पताल राम्रो बन्दै गएका भन्दै   अस्पताल बाट प्रवाह हुने गरेको सेवालाई अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने र त्यसमा आफू पनि सहयोग गर्न तयार रहेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँ र रामेछापका नगर प्रवक्ता समीर कार्कीले अस्पतालले  सेवा प्रवाहमा पुर्यायको योगदान प्रति धन्यवाद दिँदै थप  सेवा प्रवाहमा नगरपालिका पनि बजेटको पावन्दिलाई हेरेर सहयोग गर्न तयार रहेको भन्दै नगरपालिकाले रामेछाप अस्पतालले आफ्नो मुख्य अङ्गका रूपमा सहयोग गर्दे जाने आश्वासन पनि दिनु भएको थियो ।

Share33Tweet21Share6

Related Posts

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

१३ फाल्गुन २०८१, मंगलवार
रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र
समाचार

रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र

१३ फाल्गुन २०८१, मंगलवार
सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व
समाचार

सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व

१३ फाल्गुन २०८१, मंगलवार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

१३ फाल्गुन २०८१, मंगलवार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

१३ फाल्गुन २०८१, मंगलवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१३ फाल्गुन २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.