Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुकाजोरको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको न्यून गुनासो 

नेपाल अभियान नेपाल अभियान
२५ चैत्र २०८१, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
34
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । सोमबार  रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा भएको सार्वजनिक कार्यक्रममा नागरिक स्तरबाट कमै गुनासाहरू उठेका छन् । वडा कार्यालयले  चालु आर्थिक वर्ष २०८१÷८२ को दाश्रो चौमासिक अवद्ियसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा सहभागी नागरिक र राजनीतिक दलहरूले वडा अध्यक्ष र समितिको कार्यशैली प्रति खासै गुनासो गरेनन् ।

जिल्लाका विभिन्न सञ्चार माध्यमका प्रतिनिधि सहित रामेछाप नगरपालिकाकी उप प्रमुख बाला कुमारी कार्की,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईँ सहित  नगरका सबै जसो शाखाका प्रमुखहरू समेतको रोहबरमा   सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको थियो । 

उल्लेखनीय रूपमा नागरिकहरूको सहभागिता रहेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले सडक,खानेपानी,कृषि,पशुपालन,महिला र ज्येष्ठ नागरिक  लगायत विविध विषयवस्तुहरूका बारेमा  प्रश्न गरेका थिए । सो क्रममा उनीहरूले वडा अध्यक्ष र उनको समिति र कर्मचारीहरूका कमजोरी र नागरिकहरूलाई भए गरेको असहयोगका बारेमा भने खासै कुरा उठाएको नपाइएको कार्यक्रममा सहभागी भएकी एमालेकी रामेछाप नगर कमिटीकी सदस्य  तुलसा कार्कीले बताउनु भयो । कार्यक्रमका अवसरमा उहाँले वडा अध्यक्षको जनप्रिय कार्यशैली प्रति मुग्ध कण्ठले प्रशंसा गर्नु भएको थियो । 

सो क्रममा जबाफदेही वक्ताका रूपमा सहभागी हुनु भएका रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँ र वडा अध्यक्ष समीर कार्कीले  नागरिकहरूले नगरपालिका र वडा कार्यालय सँग जोडेर सोधिएका विभिन्न योजना र कार्यक्रम सँग सम्बन्धित सोधिएका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।  

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष समीर कार्कीले नागरिकहरूको प्रश्नको जवाफ दिँदै उहाँले सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूको प्रश्न,जिज्ञासा र गुनासोहरू भन्दा पनि सकारात्मक सुझावहरू प्राप्त गरेको भन्दै नागरिकहरू बाट उठेका सवालहरू आफ्ना लागि प्रेरणाका स्रोत हुने भन्दै आगामी दिनमा नागरिकहरूबाट आएका सकारात्मक सुझावहरूलाई मूल मन्त्रका रूपमा ग्रहण गर्दे अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।  वडा कार्यालयले स्थानीय सरकारको विधि र नागरिकको अपेक्षा अनुसार हरेक वर्ष सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको जानकारी पनि सो अवसरमा गराउनु भयो ।  

  वडाबाट प्रवाह भइरहेको हरेक कामहरूमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने भन्दै  संवृद्ध सुकाजोर र सुखी शुकाजोर बासि बनाउने आफ्नो अभियानलाई    सबै नागरिकहरूको साथ र सहयोगले पुरा गरेरै छाड्ने प्रतिबद्धता पनि अध्यक्ष कार्कीले व्यक्त गर्नु भयो । 

 यस अघि वडा कार्यालयले आफ्ना वडा वासीहरूलाई निःशुल्क स्वास्थ्य बिमा, करेसाबारी सुधार र अर्ग्यानिक तरकारी सेवनका लागि एक घर एक टयाँकी वितरण परियोजना , सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक र अपाड्ता भएकाहरूका लागि घर दैलो सामाजिक सुरक्षा भत्ता वितरण र कृषकहरूका लागि हरेक वर्ष रासायनिक मल  वितरण गर्नै जस्ता काम गरेर आफूलाई अब्बल वडाको रूपमा स्थापित गरिसकेको छ । 

  उक्त कार्यक्रममा वडा कार्यालयले एक वर्षको अवधिमा प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरूको बारेमा वडा सचिव अम्बिका कार्कीले जानकारी गराउनु भएको थियो  ।   

प्रहार मिडिया प्रालिका तर्पmबाट  अध्यक्ष रामचन्द्र विकले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा वडा भित्रका करिब १ दर्जन नागरिकहरूको आवाज सहितको अडियो पनि सुनाइएको थियो । सो अवसरमा  वडा भित्रका घर घरमा पुगेर  कृषकहरूको उत्पादनलाई नियमित रूपमा बजारीकरण गर्ने सहयोग गर्नुहुने स्थानीय मनकाजी हायुका सुपुत्र  विक्रम हायु र बाबुराम हायुलाई पनि वडा कार्यालयले नगद र सम्मान प्रत्र सहित सम्मान गरेको थियो । त्यसैगरि सोही अवसर पारेर सो वडाका दुई परिवार भूमिहीन सुकुम्वासीलाई जग्गा धनी निस्सा पनि प्रदान गरिएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे, नेपाल पत्रकार महासङ्घ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरे, नेपाली काँग्रेस रामेछाप नगरपालिकाका वडा नं ७ का नगर उपसभापति पेशल कार्की, नेकपा एमाले रामेछाप नगर कमिटी सदस्य तुलसा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि अरुण कार्की लगायतले थप सुशासनमैत्री बनाउन जनप्रतिनिधि र कर्मचारी सँगै आम नागरिकको पनि त्यतिकै जिम्मेवारी हुने भएकाले सबै सँगको  समन्वय र सहकार्यले मात्र वडाको विकास सम्भव हुन धारण व्यक्त गर्नु भएको थियो   ।

Share14Tweet9Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ चैत्र २०८१, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ चैत्र २०८१, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ चैत्र २०८१, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ चैत्र २०८१, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ चैत्र २०८१, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२५ चैत्र २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero