रामेछाप १७ । शुक्रवार राति भटौली खोलामा आएको वाढिका कारण क्षति पुगेको भटौली खोलाको पक्कि पुलको मुगिटार खण्डमा पुगेको क्षतिको मर्मतको काम शुरु गरिएको छ । बाढीका कारण पुलको दुवै छेउमा खोलाले कटान गरेपछि पुरा पुलनै जोखिममा पर्ने अवस्था सृजना भएसँगै विभिन्न सरोकारवाला निकायहरुको समन्वयमा शनिबार दिउँसो बाट पूर्वाधार विकास कार्यालय मन्थलीले मर्मतको काम शुरु गरेको हो ।
रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने भटौली खोलाको पक्की पुल कटानको उच्च जोखिममा परेसँगै ठुला यातायातका साधन सँचालनमा प्रतिबन्ध लगाएर मर्मतको काम आरम्भ गरिएको पूर्वाधार विकास कार्यालय मन्थलीका इन्जिनियर नवराज थापाले जानकारी दिएका छन् ।
राति आएको अविरल बर्षादले भटौली पुलको वारी पारीको दुवै पिलरमा खोलाको बाढी सिधै ठोक्किँदा पीलर सँगैको संरचना वगाएको र पुलनै जोखीममा पर्ने अवस्था सृजना भए सँगै शनिवार दिउँसो बाट तत्काल कार्यालयको अगुवाईमा मर्मतको काम आरम्भ भएको पनि ईन्जीनियर थापाले बताए ।
क्षति पुगेको भटौली खोलाको पक्कि पुलको सँरक्षणका लागि प्रमुख जिल्ला अधिकारी,मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिका सँगै नेपाली सेना , सशस्त्र प्रहरी बलको पनि सहयोग रहेकोले काम गर्न निकै सहयोग भएको पनि थापाले जानकारी दिए । उनका अनुसार पुलको दुवै भागको मर्मतको काम आईतवार वेलुकी सम्म सम्पन्न गर्ने गरि काम भईरहेको पनि इन्जिनियर नवराज थापाले जानकारी दिएका छन् । पुल सँरक्षणको काममा कामदारको अलावा स्काईभेटर र आवश्यक सबै साधनहरुलाई प्रयोगमा ल्याईएकोले पनि काम समयमानै सकिने विश्वास कार्यालयले गरेको छ ।
स्विस सरकारको आर्थिक सहयोगमा आ व २०७१/०७२ मा स्थानीय सडक पुल कार्यक्रम को स्विकृत कार्यक्रम अन्तरगत करिव ४ करोडको लगानीमा ४० मिटर लामो यो पुल करिब ४ करोड लागतमा निर्माण सम्पन भएको हो । भटौली खोलामा उक्त पुल निर्माण गरिएको थियो । रामेछाप जिल्लामा फाष्ट विधि अपनाएर द्रुत गतिमा उक्त पक्कि पुल निर्माण गरिएको थियो । आ व २०७१/०७२ मा स्थानीय सडक पुल कार्यक्रमको स्विकृत कार्यक्रम अन्तरगत जिल्ला भरिमा कुल ८ वटा पक्किी पुलहरु निर्माण भएका थिए ।
हाल प्रदेश सरकार अन्तरगत पूर्वाधार विकास कार्यालय रामेछापको जिम्मेवारीमा उक्त पुल भय रहेकोले सोहि कार्यालयको अगुवाईमा पुलको काम तत्काल आरम्भ भएको हो । बाढीको कारण यो पुलको दायाँ किनारा तर्फ को जगमा क्षति पुग्न गै पुल जोखिम अवस्थामा रहेको र सवारी आवतजावत समेत अबरुद्ध भए सँगै उक्त पुलमा ठुला सवारीका साधन सँचालनमा समेत प्रतिवन्ध लगाईए इन्जिनियर नवराज थापाले जानकारी दिएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया