रामेछाप । जिल्लाको लिखु तामाकोशि गाउँपालिका वडा नं ३ मा रहेको भृङ्गृेश्वर माविको कन्त विजोग भएको छ । शैक्षिक सत्रको प्रथम चौमासिक सत्र पुरा हुँन लाग्दा पनि उक्त विद्यालयमा मावि विज्ञान विषय सहित अन्य मावि स्तरका शिक्षक दरवन्दी पुरा हुन नसकदा विद्यालयको कन्त विजोग भएको हो ।
विद्यार्थिहरुको लागि अत्यावश्यक रहेको भन्दै स्थानिय हरुको अनुरोधका आधारमा उक्त विद्यालयमा चालु शैक्षिक सत्रको आरम्भबाट मावि तह कक्षा ९ को कक्षा सँचालन गरिएको थियो । तर साउन वित्न लाग्दा पनि कक्षा ९ को विज्ञान विषयको पठन पाठन आरम्भ हुन सकेको छैन् । जसका कारण विद्यार्थिहरुलाई विद्यालय छाड्ने कि बस्ने भन्ने कुराले सताएको छ ।
त्यो सँगै उक्त विद्यालयको कक्षा ९ का अन्य विषयको लागि पनि विद्यालय ब्यस्थापन समितिले मावि तहका लागि विषयगत शिक्षकको ब्यवस्था समेत गर्न नसकेकाले त्यसको असर विद्यार्थिहरुले प्रत्यक्ष रुपमा भोग्नु पर्ने अवस्था रहेको स्थानिय अविभावकहरुको भनाई रहेको छ । जन प्रतिनिधिहरु र स्थानिय अविभावक हरु समेतको उत्साहजनक सकृयतामा यसै बर्ष देखि मावि कक्षा आरम्भ गरिएको भएपनि विद्यालयको अवस्थाले गर्दा कक्षा ९ मा अध्ययनरत विद्यार्थिहरुको भविश्यनै अन्योलमा पर्ने अवस्था सृजना भएको अविभावकहरुको भनाई रहेको छ ।
यस अघि त्यस क्षेत्रका वाल वालिकाहरुले मावि तह सम्मको पठन पाठनका लागि पालिकाको धोवि बजार या सिमाना पालिका रामेछापको मावि गोठपानीमा पुग्नु पर्ने बाध्यता थियो । उक्त बाध्यता बाट वाल वालिकालाई मुक्त गराएर स्थानिय स्तरमानै सहज तरिकाले मावि शिक्षा दिन सकीयोस भन्नका लागि अविभावक हरुले चालु आवबाट कक्षा ९ संचालनमा ल्याएका भएपनि विद्यार्थिहरुको पठन पाठनमा समस्या देखिनुका साथै उनिहरुको भविष्य समेत अन्योलमा परेको छ ।
विद्यालयले यति लामो अवधि विति सक्दा पनि मावि कक्षाका लागि भनेर आएको प्रदेश अनुदान कोटामा शिक्षक भर्ना गर्न सकेको छैन् । यावत समस्याका कारण उक्त विद्यालयमा अध्ययनरत मावि तहका विद्यार्थीहरुको पठन पाठनमा अवरोध पुगेको हो । उक्त कक्षाको विज्ञान वाहेक अन्य विषय पनि निमावि र प्रावि तहका शिक्षकहरुले पठन पाठन गराउँदै आएका छन् ।
यस बारेमा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव मह सँग सम्पर्क गर्दा उहाँले कक्षा ९ को पढाई शुरु भएकोले उक्त विद्यालयका लागि पालिकाले मावि कक्षाका लागि योग्यता पुगेका २ जना निमावि शिक्षक पठाएको बताउनु भयो । हामि सँग मावि तहको दरबन्दिको शिक्षक पठाउन सकने अवस्था नभएकोले पठन पाठनमा समस्या नआवोस भन्नका लागि ति शिक्षकलाई पठाएको हो अध्यक्ष महतले भन्नु भयो ।
विद्यालयले अहिले सम्म विज्ञान विषयको पढाईनै गर्ने नसकेको सन्दर्भमा भने आफुलाई अहिले सम्म कुनै जानकारीनै नभएकोले त्यस बारेमा तत्काल सोधनी गरेर आवश्यक कदम चाल्ने पनि अध्यक्ष महतको भनाई रहेको छ । मा वि दरबन्दिको हकमा भने पालिका भरि रहेका स्वीकृत विद्यालयहरु मध्य मावि दुरागाउँ,मावि खिम्ति र मावि तिल्पुङ्ग बाहेक अन्य कुनै पनि माविमा स्वीकृत दरबन्दि नरहेकोले उक्त विद्यालयको हकमा पनि मावि दरबन्दि दिन सक्ने अवस्था भने पालिका सँग नरहेको पनि अध्यक्ष महतको भनाई रहेको छ ।
कुल विद्यार्थि सँख्या १ सय २ जना रहेको भृङ्गृेश्वर माविमा राहत करार र स्थाई समेत गरि ८ जना शिक्षकले कक्षा १ देखि ९ सम्मका पठान पाठन गरउँदै आएका छन् । यसरी थोरै सँख्याले नियमित कक्षा सँचालन गराउनु पर्दा कार्यरत शिक्षकहरुलाई भने पठन पाठनमा भने अत्याधिक चाप रहेको गुनासो शिक्षक हरुले गरेका छन् ।
यो बारेमा तपाईको प्रतिकृया