Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिससको बार्षिक समिक्षामा कान्छारामले मागे क्षमा याचना

नेपाल अभियान नेपाल अभियान
१७ भाद्र २०८२, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । सँघिय सांसद तथा निवर्तमान ऊर्जा जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्लाको लागि पर्याप्त बजेट ल्याउन नसकेकोको भन्दै रामेछापेली जनता सँग क्षमायाचना मागेका छन् । सोमबार जिल्ला समन्वय समिति रामेछापको आव २०८१÷०८२ को वार्षिक समिक्षाको उद्घाटन गर्ने क्रममा साँसद तामाङ्गले चालु अधिवेशनबाट रामेछापको विकासको लागि बजेट पर्याप्त ल्याउन नसकेकोमा रामेछापेली जनता सँग माफी मागेका हुन । उनले जिल्लाको विकासमा सोचेजति बजेट ल्याउन नसकोको भएपनि आगामी दिन र बर्षमा भने संसद्मा बोलेर राम्रै बजेट ल्याउने अवस्था भने रहेको दावी गरे ।
जिल्लाका तीनै तहका जन प्रतिनिधी,राजनितिक दल प्रमुख जिल्ला अधिकारी लगायतका सबै सरकारी कार्यालयका प्रमुख र सँचारकर्मि र नागरिक समाजका सँघ संस्थाका प्रतिनिधिहरु समेतको रोहबर बोल्दै साँसद कान्छारामले आफुले राज्य मन्त्री हुँदा मन्त्रीको हैसियतले र माननियको हैसियतले चालु आवमा जिल्लाको विकासका लागि राम्रै बजेट ल्याउने तयारी गरेको अवस्थामा आफु मन्त्रीबाट हट्नु परेको र बर्तमान गठबन्धन सरकारका मन्त्रीहरुकै कारण आफुले परिकल्पना गरे अनुसारको बजटे ल्याउन नसक्दा आफुलाई दुःख लागेको भएपनि जिल्लाको विकासमा आफुले सकेको भने योगदान गरि रहेको र गरि रहने आश्वासन दिलाए ।
उनले काँग्रेस र एमाले जस्ता दुई ठुला दलको गठबन्धन भएको बेला प्रदेश जिल्ला हुँदै स्थानिय स्तर सम्म पुगेर समन्वयका आधारमा सबै एक भएर जिल्लाको विकास र बजेट निर्माणका सबालमा साझा धारणा बनाउनु पर्नैमा त्यस तर्फ कसैको ध्यान नपुग्नु भने उक्त सबाल जिल्लाको विकासमा निकै दुःखद रहेको बताए । नेपाली काँग्रेस र एमालेले बजेट निर्माण लगायत जिल्लाको शुसासन र विकासका सबालमा एकै ठाउँमा बसेर औपचारिक छलफल गरि साझा निकास निकाल्नु पर्नेमा बैठक बस्न समेत नसक्दा त्यसबाट केन्द्र सरकारमा भएको गठबन्धन जिल्लाको विकासमा भने काम नलागेको धारणा पनि साँसद तामाङले राखेका थिए । उनले केन्द्रमा नेपाली काँग्रेस र एमालेको गठबन्धनमा सरकार बनेको भए पनि जिल्ला तहमा त्यसको प्रभाव नदेखिनु पनि दुःखद रहेको धारणा राखेका थिए ।
उनले अहिलेको गठबन्धन सरकार नेपाली काँग्रेस र नेकपा एमालेको नभएर शेर बहादुर र केपी ओलीको मात्र सरकार भएको भन्दै उक्त सरकारले आरम्भमा गरेको ७ बुँदे सहमतिमा संविधान संशोधन मुख्य विषय भएको भएपनि उक्त एजेण्डा ओझेलमा पर्नु आफैमा दुःखद भएको पनि साँसद तामाङले बताए ।
उक्त कार्यक्रममा जिल्लाका विभिन ८ वटा पालिकाहरु र सबै सरकारी कार्यालयहरुले बर्ष भरिमा आफनो कार्यालय मार्फत भए गरेको बार्षिक कार्य प्रगिति प्रतिवेदन पेश गरेका थिए ।उनले चालु आर्थिक वर्षमा संघबाट रामेछापका लागि भित्रिएको बजेटको कार्यान्वयन सत प्रतिशत सफल पार्न आफूले जिल्लामै बसेर काम गर्ने र सबैखाले योजनाको स्थलगत अनुगमन आफैले गर्ने र ति योजनको अबस्थाका बारेमा स्थानिय सरकार र कार्यालय प्रमुखहरु सँगै बसेर आफु छलफल गर्ने तयारीमा रहेको सुनाउँदै जिल्लाका सबै कार्यालय प्रमुख हरू समेतलाई जेठ मसान्त सम्म सबै सक्ने गरी काम अगाडि बढाउन पनि उनले आग्रह गरेका छन् ।
झण्डै २ लाख मतदाता रहेको रामेछाप जिल्लालाई दुई निर्वाचन क्षेत्र बनाउनु पर्नेमा जोड् दिँदै सांसद तामाङले एक निर्वाचन क्षेत्र मात्रै भएकाले पनि रामेछाप जिल्ला पिछडिन पुगेको भन्दै आगामी दिनमा सबैको सहयोगमा रामेछापलाई दुई निर्वाचन क्षेत्र बनाउनु पर्ने धारणा पनि सार्वजनिक गरे ।
सो अवसरमा जिल्ला समन्वयले जिल्लाकै ‘पहिलो बाल मैत्री नगरपालिका’घोषणा गर्न सफल भएको भन्दै मन्थली नगरपालिकालाई सम्मान गरीएको थियो । सोही अवसरमा गत बर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको (लिजा) मा जिल्लाका ८ पालिका मध्ये उत्कृष्ट अंक प्राप्त गर्दै जिल्लाको (लिजा) मा पहिलो हुन सफल भएको गोकुलगंगा गाउँपालिका र दोस्रो स्थान प्राप्त गर्न सफल मन्थली नगरपालिकालाई सम्मान गरेको थियो ।
त्यसैगरि (एफ्आरए) मा जिल्लाको पहिलो बनेको मन्थली नगर र दोस्रो हुन सफल उमाकुण्ड गाउँपालिकालाई पनि जिल्ला समन्वय सम्मान पत्रसहित सम्मान गरेको हो । सम्मानित हुने सबैलाई प्रमुख अतिथि र समन्वय प्रमुख खड्काले संयुक्त रूपमा सम्मान प्रदान गरका थिए ।
कार्यक्रममा मन्थली नगर प्रमुख लब श्रेष्ठ र उप प्रमुख ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बाल कुमारी कार्की (थापा), दोरम्बा शैलुङ् गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान र उपाध्यक्ष खमला थापा मगर, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ र रमा घिसिङ्, लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महत र दीपा पाख्रिन प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा सँचारकर्मिहरु, जिल्लाका अधिकाँश सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको समेत गर्विलो उपस्थिति रहेको थियो ।
जिल्ला समन्वयकी प्रमुख चिना खड्काको अध्यक्षतामा भएको वार्षिक समीक्षा कार्यक्रमका अवसरमा अध्यक्ष खड्काले जिल्लाको दिगो विकासका लागि आफुले पनि सबै स्थानिय निकायहरु र सरकारी कार्यालय हरु सँग नजिक रहेर काम गरि रहेको भन्दै भोलीका दिनमा पनि जिल्लाको दिगो विकासनै आफनो मुल लक्ष्य हुने भएकोले सोही अनुसार सबैलाई जिल्लाको विकासमा सहयोग गर्न पनि प्रमुख खड्काले आग्रह गरिन् ।

Share16Tweet10Share3

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१७ भाद्र २०८२, मंगलवार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१७ भाद्र २०८२, मंगलवार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

१७ भाद्र २०८२, मंगलवार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१७ भाद्र २०८२, मंगलवार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

१७ भाद्र २०८२, मंगलवार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१७ भाद्र २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.