Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मंसिर ४ पछिको सम्पूर्ण समय रामेछापको समृद्धि र मानव विकासको लागि खर्च गर्छु ः कान्छाराम

नेपाल अभियान नेपाल अभियान
१३ कार्तिक २०७९, आईतवार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
79
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १४ कार्तिक । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले मंसिर ४ पछिको सम्पूर्ण समय रामेछापको समृद्धि र मानव विकासको लागि खर्च गर्ने बताउनु भएको छ । उहाँले त्यसका लागि आगामी निर्वाचनमा गठबन्धका उमेद्वारको पक्षमा मतदान गर्न पनि मतदाताहरुलाई आग्रह गर्नु भएको छ ।
निर्वाचन नलडेको हिजोको अबस्थामा पनि आफुले समाजसेवाको क्षेत्रमा दर्जनौ काम गरेको उदाहरण दिंदै त्यसैको आधारमा पनि आफनो टीममा रहेको गटबन्धनलाई चुनाबमा जिताउनका लागि आम मतदाताहरुलाई आग्रह गर्नु भएको हो ।
उहाँले भन्नु भयो हिजो ब्यक्तिगत लगानी गरेर पनि मैले सामाजि पक्षमा धेरै काम गरेको छु । अब नितिगत रुपमानै जिल्लाको सम्बृद्धिका लागि आफुले काम गर्न चाहेको भन्दै त्यसका लागि गठबन्धनका उमेद्वार हरुको पक्षमा मतदान गर्न पनि आम मतदाता समक्ष आग्रह गर्नु भयो ।

आफूलाई विगत देखिनै रामेछापका नागरिकको मायाले गाउँ केन्द्रित बनाएको अबस्थामा आफुले पार्टिबाट टिकट लिएर चुनाब लडेकोले पुनः सहयोगका लागि नागरिक समक्ष गाउँ आएको पनि बताउनु भयो ।
शनिबार रामेछाप नगरपालिकाको वडा नं ८ को रामेछाप बजार र वडा नं ९ को ल्याङ्ग ल्याङ्गमा मतदाता भेटघाट तथा वडा स्तरीय कार्यक्रम सकेर आइतबार रामेछापको वडा नं ७ स्थित शुकाजोरको वडा कार्यालय र ओख्रेनीको च्यास्कुमा मा आयोजित कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा पुर्ण बहादुर तमाङ्ग कान्छा रामले आफुलाई विकासबाट बंचितमा परेका रामेछापवासीको मायाले जिल्लामै राखेकोले पनि आफनो सेवा गर्न चाहनाले पुर्णता पाउने बताउनु भयो ।
आफुलाई विकासबाट बंचितमा परेका नागरिकको मायाले गाउँमै आर्कर्षित गराएको भन्दै मंसिर ४को निर्वाचन पछि आफुले आफ्नो सम्पूर्ण समय रामेछापको समृद्धि र मानब बिकासको लागि खर्च गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।
रामेछापको समग्र समस्यामा आफू जानकार रहेको बताउँदै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारहरुले संयुक्त स्थानीय घोषणा पत्रमा रामेछापमा रहेका समस्या समधान गर्ने योजना राखिएको बताउँदै आफूहरु निर्वाचित भएपछि पुर्ण रुपमा त्यसको कार्यान्वयन गरिने धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिक तर्फका उम्मेद्वार मुक्त बहादुर महते,नेकपा माओवादी केन्द्रकि समानुपातिक उमेद्वार सृजना गौतम, नेपाली काँगेसका समानुपातिक तर्फका उमेद्वार उज्वल राम घिमिरे ,नेकपा माओबादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार प्रदेश तर्फका केशर कुमार कालिकोटे, लगायतका दर्जन भन्दा बढि नेताहरु अभियानमा आ आफनो धारणा राख्नु भएको थियो । सबै जसो कार्यक्रमको संचालन भने नेपालि काँग्रेस रामेछापका सचिब दिपक खड्काले संचालन गनु भएको थियो । अभियान सोमबार रामपुर र हिमगगामा संचालन हुने जानकारी पनि आयोजक पक्षले गराएको छ

Share32Tweet20Share6

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१३ कार्तिक २०७९, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१३ कार्तिक २०७९, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१३ कार्तिक २०७९, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१३ कार्तिक २०७९, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१३ कार्तिक २०७९, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ कार्तिक २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.