Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आफुले विगतमा गरेको कामका आधारमा चुनाव जित्छु : तारानारायण श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
२९ कार्तिक २०७९, मंगलवार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
34
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २९ कार्तिक । सत्ता गठबन्धनबाट रामेछाप प्रदेशसभा क का उम्मेदवार तारानारायण श्रेष्ठले विगतमा आफुले संसदमा प्रतिनिधित्व गरेको बेला जिल्लामा गरेका कामका आधारमा आफुले चुनाव जित्ने दावि गर्नु भएको छ । आफनो प्रदेश अन्तर्गत चुनावि अभियानको अन्तिम चरणमा रहेको श्रेष्ठले विगतमा आफु र आफनो पार्टिले शिक्षा स्वास्थ र खानेपानी अनि कृषि र सडकको विस्तार र सुधारको ब्यापक काम भएको दावि पनि गर्नु भयो ।


मङ्गलवार विहान सदरमुकाम मन्थलीमा पत्रकाहरुसँग कुरा गर्दै संविधान सभाका सदस्य समेत समेत रहेका उम्मेदवार श्रेष्ठले अहिले सम्म जितेर सदनमा पुगेका जन प्रतिनिधिहरुलाई आफुसंग सामेल भएर साझा बहसमा भागलिनका लागि पनि आग्रह गर्नु भयो । उहाँले माओवादी केन्द्र परिवर्तनका लागि लडेको पार्टि भएको र आफुपनि उक्त अभियानमा सरिक भएकोले आफु संग काम गर्नका लागि धेरै अनुभब भएको बताउनु भयो । त्यस बाहेक नेकपा एमालेमा भन्दा दोब्बर बढी जनमत गठबन्धन संग रहेकाले यस पटकको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित भएको बताउनु भयो ।


उहाँले जिल्लामा गठबन्धने लोकप्रिय नेताहरूलाई उम्मेदवार बनाएकाले पनि रामेछापमा निर्वाचन जित्न उसका उमेद्वारहरुलाई सहज भएको बताउनु भयो ।केहि समय एकीकृत समाजवादी र तिनका उमेद्वार हरुको ब्यवहार र विरुद्धमा खर्चिएका श्रेष्ठले एकिकृत समाजवादी पार्टी (एस) रामेछापले केन्द्रको गठबन्धनलाई लत्त्याउँदै छुट्टै उम्मेदवारी दिएको प्रति आक्रोशित बनेका श्रेष्ठले नेकपा एसले राजनीतिक पार्टीको मर्यादा राख्न नसकेको आरोप पनि लगाउनु भयो । पोलिट्ब्यूरो सदस्य एवं पार्टी इन्चार्ज देवशंकर पौडेलको राजनीति चरित्र विश्वास लाग्दो नरहेको भन्दैे पौडेलले देखाएको चरित्रलाई आगामी दिनमा नेता स्वीकार गर्न नसकिने धारणा पनि राख्नु भयो । तसर्थ एसका उम्मेदवार रमेशकुमार बस्नेत गठबन्धनको विरुद्धका बागी उम्मेदवार रहेको पनि उहाँको भनाई छ ।


उनले गठबन्धनका उम्मेदवारहरु संग कसैको पनि प्रतिस्पर्धा नरहेको भन्दै गठबन्धनप्रतिको जनलहर देखेर आफु उत्साहित भएको बताउनु भयो । आफूले निर्वाचन जितेपछि क्षेत्रको विकासमा आफुले छुट्टे खाका तयार पारेको दावि पनि गर्नु भयो । त्यसका लागि रामेछापको जलसम्पादाको समुचित प्रयोग गर्र्दै सडक र कृषिको विकासको साथै आन्तरिक र बाह्य पर्यटकहरुको बृद्धि गराउने कुरामा पनि आफुले ध्यान दिने विश्वास दिलाउनु भयो । यो संगै जिल्लाको समुचित बिकासका लागि पनि गटबन्धनका उमेद्वारहरुले साझा प्रयासका आधारमा जिल्लाको विकासमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । पनि प्रयोग गरेर रामेछापेली जनताको चाहाना अनुसार जिल्लाको विकास गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।


‘गठबन्धनले खोट लगाउनै नसक्ने उम्मेदवार लोकप्रिय नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’, म आफै संविधान सभा सदस्य समेत जिल्लाको विकास प्रेमी र युवराजजी पनि लामो समय पार्टीको अन्तर्राष्ट्रिय समितिमा बसेर काम गरेका नेता भएकाले पनि यो चुनावी माहौलमा आफुहरुको उपस्थिति दर्विलो रहेको ठोकुवा गर्नु भयो ।
उहाँले केही स्वतन्त्र उम्मेदवार बन्ने बढेको प्रति लक्षित गर्दै देशका विभिन्न काल खण्डमा माओवादी केन्द्र, नेपाली काँग्रेस लगाएतका दलहरुले देशलाई यहाँ सम्म ल्याइपुर्याको जीवन्त ईतिहास भएकोले उसका अगडि उनिहरुको उमेद्वारीमा कुनै पनि तुक नरहेको पनि श्रेष्ठले बताउनु भयो ।

Share14Tweet9Share2

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२९ कार्तिक २०७९, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२९ कार्तिक २०७९, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२९ कार्तिक २०७९, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२९ कार्तिक २०७९, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२९ कार्तिक २०७९, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२९ कार्तिक २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.