Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विपी कोईरालाको मेल मिलापमा रामेछाप नेविसंघ विभक्त

superadmin superadmin
१६ पुष २०७९, शनिबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
120
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १६ पुष । लामो भारतको आप्रबासन पछि मुलुकमा ब्यवस्था परिवर्तनका लागि मेल मिलापको निति लिएर नेपाल फर्किएका विपी कोईरालाले २०३३ साल पुस १६ गतेबाट आरम्भ गर्नु भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा नेपाल विद्यार्थि संघ रामेछाप भने विभक्त भएको छ । सो अबसर पारेर संस्थापन पक्षले शनिबार मन्थलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि रहदा अर्काै असन्तुष्ट पक्षले भने काठमाडौमा अर्काै कार्यक्रमको आयोजना गरि नेतृत्व प्रति असहमति जनाएको हो ।


मेल मिलापको निति लिएर विपी कोईराला स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र उसका भातृ संगठनहरुले प्रत्येक बर्ष पौंष १६ गते मनाउँदै आएको उक्त दिवसका दिन आज संघले मन्थलीको विपी चोकमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लामा रहेका पार्टिका शिर्ष नेताहरु पनि सहभागि रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापती एवं रामेछाप नगरपालीकाको नगरप्रमुख लबश्री न्यौंपानेले विपी कोईराले २०३३ सालबाट शुरु गर्नु भएको मेल मिलापको निति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो । उहाँले भन्नु भयो कोइरालाले अबलम्बन गरेको मेल मिलापको नितिलेनै लोकतन्त्रलाई बलियो पार्नै भन्दै पार्टिको आधिकारीक निर्णय विपरित काम नगर्न नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो ।

उहाँले पार्टिको मर्यादा विपरित अगाडि बढ्ने छुट कसैलाई पनि नरहेको भन्दै कहिले काहीं पार्टि र नेतृत्व संग असन्तुटि हुन सक्ने भन्दै त्यसको समाधान छलफल बाट टुङ्गो लगाउनु पर्ने भन्दै यसका लागि जिल्ला सभापती बुढाथोकीले सबैलाई समेटेर अघि बढ्नका लागि पनि आग्रह गर्नु भयो ।
अध्यक्षको आसन बाट बोल्दै नेपाल बिद्यार्थी संघका जिल्ला सभापती बिनोद बुढाथोकीले आफुले सङ्गठनको मर्यादा विपरीत कुनै काम नगर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले आफु संगठनको खिलाफमा जान नसक्ने भन्दै आफु नेतृत्वमा रहदा कसैलाई काखा र पाखाको ब्यवहार नगरि नेविसंघको ओज र गरिमालाई कमजोर पार्न नदिने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो । उहाँले केन्द्रीय समितिले दिएको जिम्मेवारी अनुसार निर्धारित मितिमानै जिल्ला अधिवेशन गर्ने प्रतिबद्धता पनि जनाउँदै आफु ‘बाहिर रहेका असन्तुष्ट साथीहरूलाई पनि एकै ठाउँमा लिएर जान तयार रहेको पनि बताउनु भयो । दुवै पक्षको कार्यक्रममा पार्टिका आधिकारीक नेताहरुले सहभागिता जनाएका थिए । मन्थलीमा आयोजित कार्यक्रममा पार्टि उपसभापति लेख बहादुर कार्कि,नेता ध्रबुहरी ढुँगेल लगाएतका नेताहरुको सहभागिता रहेको थियो भने असंन्तुष्ट पक्षले काठमाडौमा गरेको कार्यक्रममा पनि पर्टिका केन्द्रिय सदस्य मधु आर्चाय र जिल्ला नेताहरु भरत चौलागाई,अर्जुन केसी, लगाएतंको उपस्थिति रहेको थियो ।

नेविसंघ रामेछापमा नेतृत्वको जिम्मेवारीलाई लिएर केहि महिना देखि शुरु भएको विवाद निर्वाचन पछि पुन चर्किएको छ । आजकै दिन पारेर असन्तुष्ट समूहका अर्का अध्यक्ष शुशिल अधिकारीको टीमले आजै काठमाडौँमा र अध्यक्ष विनोद बुढाथोकीको टिमले रामेछापको मन्थलीमा (नेविसंघ) रामेछापको नाममा कार्यक्रम गरेका हुन् । दुवै पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेपछि यसको समाधान गर्न र दुवै पक्षलाई मिलाएर लैजानका लागि पनि नेतृत्वका लागि चुनौति थपिएको छ । रामेछाप नेविसंघको म्याद सकिएकोआधार देखाउदै केन्द्रिय कार्य समितिले विनोद बुढाथोकिलाई निश्चित समय भित्र अधिबेसन सम्पन्न गर्ने गरि अध्यक्षको जिम्मेवारी तोकि दिएपछि असन्तुष्ट पक्षले विरोध जनाउँदै आएको छ ।
तर पार्टि जिल्लाले भने नेविसंघका नाममा कुनै विवाद नरहेको जनाएको छ । सो क्रममा जिल्ला उपसभापति लेख बहादु कार्किले पार्टिको आमन्त्रीत सदस्यको जिम्मेवारी सम्माहल्दै आउनु भएका निर्वतमान अध्यक्ष शुशिल अधिकारीले नेविसंघको आधिकारीक अध्यक्ष हुदै नभएको भन्दै सिमा भित्र रहेर मात्र विरोध गर्न पनि सुझाब दिनु भएको छ ।

Share48Tweet30Share8

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१६ पुष २०७९, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१६ पुष २०७९, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१६ पुष २०७९, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१६ पुष २०७९, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१६ पुष २०७९, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ पुष २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.