मन्थली,४ पुष । खिम्तीकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका स्थानीइ युवकलाई रामेछाप प्रहरीले बुधवार पक्राउ गरेको छ ।
स्थानीय विद्यालयमा अध्ययन गर्ने किशोरी विद्यालय छुटेर आफ्नो घरतर्फ गईरहेको अवस्थामा करणी गरी फरार रहेका लिखुतामाकोशी गाउँपालिका वडा नं –६ खिम्ती बस्ने २२ बर्षका अम्वर बहादुर कडरिया पक्राउ परेका हुन् ।
यहि पुष ३ गते मंगलवार दिउँसो २ बजेको समयमा रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं –६ स्थित डल्ले चौताराको जंगलमा १७ बर्षकी किशोरीलाई जबरजस्ती करणी ति युवक फरार रहेका थिए ।
कडरियालाई पक्राउ पछि जिल्ला अदालत रामेछापबाट म्यादथप गरेर अनुसन्धान भैरहेको रामेछाप प्रहरी प्रमुख होम बहादुर पराजुलीले नेपाल अभियानलाई जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया