Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काम नगर्ने ठेकेदारलाई कारबाही गर्न मन्त्री ढुङ्गेलको निर्देशन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ भाद्र २०७६, मंगलवार
in समाचार
0
115
SHARES
Share on FacebookShare on Twitter

१७ भदौ, २०७६

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले निर्माणको जिम्मा लिने तर सम्झौता भएको मिति भित्रै काम नसक्ने ठेकेदारलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

मन्थली नगरपालिकाको वडा नं २ स्थित आकाशेमा निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्ड हलको मंगलबार सिल्यानस गर्दै मन्त्री ढुंगेलले यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो– ‘प्रदेश सरकारले जिल्लामा बिनियोजन गरेको बजेटको कार्यान्वयन गर्दा स्थानीय प्रशासनकै अगाडी रहेको गाइखुरा देखि भटौली खोला पुल सम्मको क्षेत्रको सडकको पिच गर्ने जिम्मा लिएको निर्माण ब्यवसायिले अरुको तुलनामा कामै नगरेकोले उसलाई कारबाही गर्नु ।’

सदरमुकाम समेत रहेको मन्थलीको पुर्बी क्षेत्रमा रंगशाला र चिस्यान केन्द्र निर्माणको चरणमा रहेको, क्याम्पस तथा पोलिटेक्नीकल इन्टिच्युट संञ्चालनमा रहेको एबं पश्चिमि क्षेत्रमा अस्पताल, एयरपोर्ट, पक्की पुल सञ्चालनमा रहेको र शान्ति पार्क तथा कभर्डहल निर्माणको चरणमा रहेकोले उल्लेखित कामहरु समयमै सम्पन्न हुनु पर्नेमा मन्त्री ढुङेलको जोड रहेको छ ।
उहाँले रामेछाप जिल्लामा मात्र बिभिन्न योजनामा एक अर्ब भन्दा बढी रकम बिनियोजन भएर काम भैरहेको अबस्थामा पनि प्रदेश सरकारले जिल्लामा केहि गरेन भन्ने आरोप लाग्दा आफू दुखी भएको गुनासो गर्नुभयो ।
मन्त्री ढुङ्गेलले अख्तियारको छानबिनमा परेका आरोपीहरुलाई जिल्ला प्रशासनले वास्ता नगरेको प्रति चिन्ता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘काठमाण्डौमा अख्तियारले छानबिनका लागि पत्र काटेको २४ घण्टा भित्र प्रहरीले समाउन सक्ने तर रामेछाप जिल्लामा भने बर्षौ बित्दा पनि त्यस्ता आरोप लागेका व्यक्ती समाउन नसक्नु स्थानीय प्रशासनको कमजोरी रहेको हो ।’

प्रदेश सरकारद्धारा बिनियोजित १३ करोड माथिको लागतमा कभर्ड हल निर्माण सम्पन्न पश्चात जिल्लाम खेल क्षेत्रमा ठुलो सहयोग पुग्नुका साथै राष्ट्रिय स्तरमा खेलिने इन्डोर खेलहरु सहजै रुपमा आयोजना गर्न सकिने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुरमा बस्नेतले पनि आफ्नाे धाराण राख्नुभएको थियो । सार्बजनिक निर्माण कार्यान्वयन इकाइ धुलिखेलका प्रमुख पुर्ण बहादुर दर्जीले प्रदेश सरकारद्धारा बिनियोजित १३ करोड १३ लाख ९० हजार ९ सय ९८ रुपैयाको लागतमा निर्माण हुन लागेको यस हल निर्माण कार्यपछि जिल्लामा हुने राजनैतिक, धार्मिक, सास्कृतिक कार्यक्रम, एबं अन्य ठुला खालका सभा समारोह हरु सञ्चालन गर्न सकिने र उक्त हलमा करिब १ हजार १ सय ५० जना मानिसहरु सहजै अटन सक्ने बताउनुभयो ।

मन्त्रीद्धारा प्राथामिक स्वास्थ्य केन्द्रको अबलोकन

मन्त्री ढुंगेलले मन्थलीको वडा नं १ मा रहेको नब निर्मित भवनमा सेवा प्रवाहको अबस्थाको बारेमा अबलोकन गर्नुभएको छ । अबलोकनका क्रममा वडा नं. १ का वडाध्यक्ष एबं स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष नारायण दाश श्रेष्ठले एक्सरे मेसिन नहुदा धेरै बिरामीले दुखः पाएको भन्दै त्यसको ब्यवस्था गरिदिन आग्रह गर्नुभयो । मन्त्री ढुंगेलले उक्त मेसिनको ब्यवस्था गरिदिने आश्वासन दिनुभएको छ ।

Share81Tweet14Share4

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१७ भाद्र २०७६, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१७ भाद्र २०७६, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१७ भाद्र २०७६, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१७ भाद्र २०७६, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१७ भाद्र २०७६, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१७ भाद्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.