मन्थली,१९ जेठ । मन्थली वचतको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी को प्राविधिक सहयोगमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकार महासंघ, तामाकोशी सेवा समिति,तामाकासी अस्पताल,देवकोटा चोक टोल सुधार समिति, रामेछाप वहु प्राविधिक शिक्षालय , बि आइ जी रामेछाप, लाइन्स क्लव,जेसी आई रामेछाप, रासम ,रामेछाप काठमाण्डौ सृजनसिल समाज, लगाएका संस्थाहरुको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।
जिल्लामा रगतको अभाव भएपछि रक्तदान गरिएको नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष बद्रि नयाँघरेले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया