Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइयो

नेपाल अभियान नेपाल अभियान
२३ जेष्ठ २०८१, बुधबार
in समाचार, समाज
0
27
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२३ जेठ । विश्व वातावरण दिवस–२०२४ आज रामेछापको सदरमुकाम मन्थलीमा वृक्षरोपण गरी मनाईएको छ ।
सो अवसरमा डिभिजन वन कार्यालय रामेछाप ,सानीमदौ सामुदायिक वन उपभोक्ता समिति,लक्ष्मी सनराइज बैंक लिमिटेड रामेछाप जिल्ला अन्र्तगतका शाखाहरु, मन्थली मावि पुर्व विद्यार्थी समाज र लिट्टिल स्टार ईडलिस स्कुल मन्थली समेतले बृक्षारोपण गरी दिवस मनाएका हुन् ।


साहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानैको प्रमुख आतिथ्यता र जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालय,संघ संस्थाका प्रमुख र तिनका प्रतिनिधिहरु,वडा अध्यक्ष,विभिन्न संचार माध्यमका प्रतिनिधिहरु,सानीमदौ सा.व.का पदाधिकारी र स्थानीय उपभोक्ताहरु समेतको उपस्थितिमा सानीमदौ खेल मैदान नजिकैको पाखामा विभिन्न प्रजातिको ३ सय भन्दा बढि रुख रोपिएको थियो ।
सदरमुकाममा रहेका विभिन्न सामुदायिक वनहरु मध्ये सामुदायिक अग्र पङ्क्तिमा रहेको सानीमदौ सा. व मा डिभिजन वन कार्यालय रामेछापले जिल्लाका सरोकारवाला पक्षहरु समेतलाई आमन्त्रण गरी उक्त वनमा वृक्षरोपण गरेको थियो । सानीमदौ सा. व ले लामो समय देखि आफ्ना उपभोक्ताहरुलाई जागरुक बनाएर वृक्षरोपण र वनको संरक्षण गर्दे आएको उक्त सा.व.का अध्यक्ष कुमार सुवेदीले जानकारी वताउनुभयो ।
कार्यक्रमका अवसरमा उक्त सा.व.का पूर्व अध्यक्ष एवं स्थानीय अगुवा युवराज सुवेदीले सानीमदौ सामुदायिक वनलाई नमूना बनाउने लक्ष्यका साथ आफुहरुले काम गरी रहेको भन्दै उक्त प्रयोजनका लागि डिभिजन वन कार्यालय र स्थानीय सरकारलाई पनि आफुहरुको अभियानमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
डिभिजन वन प्रमुख ओम सागर भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागि बक्ताहरुले रुख रोपेर मात्र आफ्नो जिम्मेवारी पुरा नहुने भन्दै अभियानलाई दीर्घजिवि बनाउनका लागि रुख जोगाउने काममा सबैले ईमान्दार पुर्वक लाग्न पनि आग्रह गरेका थिए ।


त्यसैगरी सोही अवसर पारेर रामेछाप जिल्ला अन्र्तगतका लक्ष्मी सनराइज बैंक लिमिटेडले पनि सदरमुकाममा अवस्थित मन्थली माध्यमिक विद्यालयको हाता भित्र विभिन्न प्रकारका १ सय ७ वटा फलफुलका विरुवा रोपेको थियो । उक्त बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय ब्यवस्थापन समिति,विद्यालय परिवार र जिल्लाका सरोकारवाला समेतको रोहबरमा उच्च प्रजातिको आँप, लिची,कटहर कपुर,धुपी लगाएतका बिरुवाहरु रोपीएको चुचुरे (शिवालय) शाखका प्रमुख रमेश सुवेदीले बताउनुभयो ।
बैंकले वातावरण दिवसको अवसर पारेर विद्यालयलाई हरितमय वातावरण बनाउन, मन्थली मावि मन्थलीका पूर्व विद्यार्थी समाजसँगको सहकार्यमा बृक्षरोपण गरेको थियो । सो अवसरमा बैकले रोपेका सवै विरुवामा नियमित पानी हाल्नका लागि विद्यालयलाई आवश्य पाईप पनि उपलब्ध गराएको थियो । सो अवसरमा विद्यालयका प्रअ डा.टंक दाहालले बैँकले रोपेका सबै विरुवा विद्यालयले हुकाउने प्रतिबद्धता गरेका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय, रामेछापका प्रमुख ओमसागर भण्डारी, मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाल, पूर्व प्रधानाध्यापक एवं शिक्षाविद गुञ्ज बहादुर श्रेष्ठ , नेपाल पत्रकार महासंघ रामेछाप जिल्लाका अध्यक्ष बद्री नयाँघरे, लगायतले वृक्षारोपण तथा विश्व वातावरण दिवसलाई सहि ढंगले ब्यवहारमा उतार्नका लागि आग्रह गरेका थिए ।

Share11Tweet7Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२३ जेष्ठ २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२३ जेष्ठ २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२३ जेष्ठ २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२३ जेष्ठ २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२३ जेष्ठ २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२३ जेष्ठ २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero