Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका प्रमुखले बितण्डा मच्चाएपछि…………….

नेपाल अभियान नेपाल अभियान
४ असार २०८१, सोमबार
in समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter

मन्थली,३ असार । भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका प्रमुख सुरेश दाहालले मदिरा सेवन गरी कार्यालय भित्रै आज विहान बितण्डा मच्चाएपछि प्रहरीले पक्राउ गरेको छ
कार्यालय प्रमुख सोमबार बिहानै कार्यालय परिसरमा मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई जिम्मा लगाएका हुन ।


कार्यालयमै मदिराले मातेका प्रमुख कार्यालयका अन्य कर्मचारीहरु सँग अपशब्द बोल्दै ठुलो आवाजमा कराउँदै गरेको देखेपछि स्थानीयले थाहा पाएर वडा अध्यक्षलाई र प्रहरीलाई खवर गरेका थिए ।
हो हल्ला गरिरहको अबस्थामा घट्नाका वारेमा जानकारी लिन कार्यालय हाता भित्र वडा अध्यक्ष, स्थानीय वासी र कार्यालयका अन्य कर्मचारीहरु पुगेका थिए ।


मदिराले मातेका दाहालले विभिन्न राजनीतिक दलका प्रमुखहरु, सञ्चारकर्मी हरु सहित रामेछापकी प्रमुख जिल्ला अधिकारी ,सांसद,जनप्रतिनिधी लगायतलाई नाम नै तोकेर अपशब्दले गालि गलौज गरेका थिए ।
उनले केही स्थानीयहरुलाई हातपात समेत गर्ने प्रयास गरेका थिए । मदिराले लठ्ठिएका कार्यालय प्रमुख दाहालले घटनास्थलबाट पक्राउन गर्न पुगेको प्रहरीहरुलाईनै अभद्र व्यवहार गरेका थिए ।


रामेछाप नगरपालिका वडा नं–८ का वडा अध्यक्ष सन्तोष तामाङ्गकाले यस अघि पनि प्रमुख दाहाल हरेक दिन राति मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको स्थानीनयबाट गुनासो आउने गरेको बताउनुभयो ।
उहाले भन्नुभयो– “सुरुमा म र अरु केहि साथीहरु मिलेर उहालाई सम्झाई बुझाई गर्न खोज्यौ तर उहाले हामीलाईनै अपशब्द प्रयोग गरी गालि गलौज गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकलाई फोन गरेर घटनाको वारेमा जानकारी गराएको थिए त्यसपछि प्रहरी आएर उहालाई लग्यो ।”


कार्यालय प्रमुखको यस्तो हर्कतले यहाँका स्थानीय आजित भएको पनि तामाङले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले दाहाललाई कार्यालय परिसर भित्र बाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याई थप अनुसन्धान भैरहेको बताउनुभयो ।

Share14Tweet9Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

४ असार २०८१, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

४ असार २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

४ असार २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

४ असार २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

४ असार २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

४ असार २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero