Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महिलाहरुका लागि एड्भान्स लेडिज फेसन, डिजाइन, कटिङ तथा सिलाई तालिम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ असार २०८१, मंगलवार
in समाचार, समाज
0
88
SHARES
Share on FacebookShare on Twitter

मन्थली,४ असार । महिलाहरुका लागि एड्भान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम मन्थलीमा चलिरहेको छ ।
यस अघि सामान्य खालमा लेडिज कपडाहरु मात्र सिलाएर वसेका महिलाहरुलाई थप सिप प्रदान आयआर्जन बृद्धि गरी थप रोजगारीको सृजना गराउने उद्धेश्यले मन्थली नगरपालिकाले यस प्रकारको तालिम दिएको नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो ।

यस अघि जसोतसो सिलाएर ग्राहकको चित्त बुझाउने गरिएको भएपनि तालिम पछि आफुहरु जस्तोसुकै लेडिज कपडाहरु पनि सिलाई कटाइ गर्न जान्ने आट बढेको तालिमकी प्रशिक्षार्थी कल्पना केसी(वोहोरा) ले बताउनुभयो ।


यस अघि ग्राहकले भने अनुसारको सामान्य कपडा सिलाएर दिन पनि मुस्कील हुने गरेको आफुलाई यो तालिम निक्कै उपलब्धिमुलक भएको भन्दै आगामी दिनमा जस्तो सुकै लेडिज कपडाहरु सिलाउन सकिने अपेक्षा रहेको प्रशिक्षाथी उर्मिला खड्काले बताउनुभयो ।


तालिम अघि बिना कन्फिडेन्स लेडिज कपाडाहरु सिलाई गर्ने गरिएको भएपनि तालिम पछि अब ढुक्क सँग कपडाहरु सिलाई गर्न सकिने र आफ्नो ब्यवसाय लाई थप परिमार्जित तरिकाले सञ्चालन गर्न सकिने बिश्वास बढेको तालिमकी अर्की प्रशिक्षार्थी शुसिला नेपालीले बताउनुभयो ।

पहिला –पहिला यो पेशा परियार समुदायको मात्र हो भन्ने मान्यता रहेको भएपनि पछिल्लो समयमा सबै समुदायका मानिसहरुले गर्दै आइरहेका छन् ।
परियार समुदायले अझै पनि ग्रामिण भेगमा बाली घरे प्रथामा लुगा सिउने काम गरिरहेका छन् तर युवा पुस्तामा यो रुचिको पेशा बनेको छैन ।

यस अघि सामान्य तालिम लिएर तथा आफ्ना आफन्तले खोलेको टेलर पसलमा टाँक लगाउने टाँक घर बुन्ने खिप हाल्ने जस्ता काम गदै गर्दा सामान्य ढंगको सिलाई कटाइ गर्न जानेका महिलाहरुलाई यो एडभान्स तलिम निक्कै उपलब्धिमुलक हुने बिश्वास गरिएको छ ।

बैदेशिक रोजगारको मोह बढ्दै गएको वर्तमान सन्दर्भमा युवा उद्यमीहरुलाई सिप सिकाएर गाँउमै केहि गर्न प्रेरणा दिने उद्धेश्यका साथ बजारमा चलेको फरक–फरक डिजाइन र फेसनका कपडाहरु सिलाएर ग्राहकलाई दिन सक्दा आफ्नो ब्यापार ब्यवसाय बृद्धि हुने भएकाले यस अघि जिल्लामा सामान्य ढंगले लेडिज कपडाहरु सिलाएर बसेका महिला ब्यवसायीहरुलाई थप दक्ष बनाई स्वरोजगार बनाउने उद्धेश्यले मन्थली नगरपालिका सँग समन्वय गरी यो तालिमको आयोजना गरिएको नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ रामेछापका अध्यक्ष ज्ञान बहादुर सुन्दाशले बताउनुभयो ।

यस अघि तालिममा सहभागि भएका प्रशिक्षार्थी महिलाका श्रीमान वा टेलर्स ब्यवसाय सञ्चालन गर्ने घरका जान्ने ब्यक्तिले कटीङ गरीदिएको लेडिज कपडाहरु सिलाउने गरेका महिलाहरु तालिम पछि आफै कटिङ गरी सिलाइ गर्न सक्ने क्षमतावन बनाउने आफ्नो अठोट रहेको तालिमकी प्रशिक्षक इन्जु थापा(घले)ले बताउनुभयो ।

उहाले तालिम पछि अहिलेका तालिम लिने सबै जना प्रशिक्षार्थीहरु यस प्रकारको सिलाइ र कटाइमा दक्ष हुने भन्दै त्यसका लागि अरुको भर पर्नु पर्ने अबस्था नआउने पनि बताउनुभयो ।
छिमेकी मित्रराष्ट्र भारत र चीनबाट बजारमा रेडिमेड कपडाहरु सस्तोमा पाउने भएपछि सिलाई पेशा गर्नेहरुको पनि खासै बजार त छैन, तर पनि सीप सिक्न भने महिलाहरु लागिपरेका छन् । मन्थली नगरपालिकाको आर्थिक सयोग र नेपाल कपडा तथा सिलायी ब्यावसायी संघ रामेछापको आयोजनामा यहि असार ९ गते सम्म चल्ले उक्त तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ ।

Share35Tweet22Share6

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

५ असार २०८१, मंगलवार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

५ असार २०८१, मंगलवार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

५ असार २०८१, मंगलवार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

५ असार २०८१, मंगलवार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

५ असार २०८१, मंगलवार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

५ असार २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.