Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एड्भान्स लेडिज फेसन डिजाइन, कटिङ्ग तथा सिलाई तालिम सम्पन्न

नेपाल अभियान नेपाल अभियान
११ असार २०८१, सोमबार
in समाचार, समाज
0
31
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,१० असार । सदरमुकाम मन्थली बजारमा रहेर सिलाई कटाई तथा विभिन्न ब्यवसाय गर्दै आएका २० जना महिलाहरुले १५ दिन अघि सुरु गरेको एड्भान्स लेडिज फेसन डिजाइन, कटिङ्ग तथा सिलाई तालिम आइतवार सम्पन्न भएको छ ।


मन्थली नगरपालिकाको उपमेयर सँग महिला सीप विकास तथा उद्यमशीलता कार्यक्रम अन्तर्गतको कार्यक्रम मार्फत नेपाल कपडा तथा सिलाई ब्यवसायी संघले उक्त तालिम दिएको हो ।
टेलर ब्यवसाय मार्फत आय आर्जन गर्दै आएका महिलाहरुलाई थप दक्ष र अनुभवी वनाउने र उनीहरुको आय आर्जन थप बृद्धि गराउने मुख्य उदेश्यले संघले यस्तो तालिम दिएको ब्यवसायी संघका अध्यक्ष ज्ञान बहादुर सुन्दासले बताउनुभयो ।
कार्यक्रमको समापनका अवसरमा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले एक यस्ता खालका तालिमले महिला हरुको सीप र क्षमताको विकास हुने भएकोले उहाहरुका लागि यो कार्यक्रममा सहयोग गरेको बताउनुभयो । उहाले नगर क्षेत्र भित्रका महिलाहरुको सीप र क्षमता विकासका लागि मन्थली नगर सदैव सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रमका अवसरमा रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदीले यस्ता खालका कार्यक्रममा आयोजकले आफ्नो संस्थासँग पनि समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले रामेछाप उद्योग वाणिज्य संघ यस खालको गतिविधिलाई साथ दिन तयार रहेको पनि बताउनुभयो ।


सो अवसरमा प्रशिक्षक ईन्जु थापा घलेले मन्थलीमा यस प्रकारको तालिम अत्यावश्यक रहेको र तालिम पछि अधिंकासं महिलाहरु यो पेशालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सक्ने हुनुभएको बताउनुभयो ।
आफुले यस अघि सामान्य ढंगबाट लेडिज कपडाहरू सिलाई गर्ने गरेको भएपनि तालिम पश्चात लेडिज फेसनका सबै खाले कपडा सिलाउन जान्ने भएको तालिमकी प्रशिक्षार्थी कल्पना केसी,वोहोराले बताउनुभयो ।
संस्थाका अध्यक्ष ज्ञान बहादुर सुन्दासको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडैल,नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे लगाएतका बक्ताहरुले पनि कार्यक्रम प्रभावकारी भएको भन्दै तालिममा सिकेको सीपलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

Share12Tweet8Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

११ असार २०८१, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

११ असार २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

११ असार २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

११ असार २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

११ असार २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

११ असार २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero