मन्थली, ५ भदौ । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थलीको आयोजनामा आज देखि आन्तरिक शान्ति एबं पारिवारीक खुसीका लागि राजयोग मेडिटेशन कार्यक्रम बुधवार देखि मन्थलीमा सुरु भएको छ ।

तीन दिन सम्म चल्ने बताइएको उक्त कार्यक्रममा ब्रम्हाकुमार राजु घले ले सहजीकरण गरिरहनु भएको छ ।दैनिक विहान, दिउसो र साँझ गरी तीन चरणमा सञ्चालनमा रहेको उक्त कार्यक्रममामा विहान र वेलुका मन्थलीका स्थानीय सरकारी कर्मचारी शिक्षक सहभागि भैरहेका छन् भने दिउसो मन्थलीमा रहेका विभिन्न बिद्यालयका वालवालिकाहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

सहजीकरणका अबसरमा सहजकर्ता घले ले मन शान्त र एकाग्र भयो भने मात्र दैनिक रुपमा पारिवारीक र सामाजिक खुसी एबं सन्तुष्टि हुने भएकोले मनलाई शान्त पार्न दैनिक योग ( मेडिटेशन ) गर्नु पर्ने कुरालाई जोड दिइरहनुभएको छ ।












यो बारेमा तपाईको प्रतिकृया