मन्थली,९ भदौ । दोरम्वा शैलुङ्ग गाँउपालिका वडा नं–३ मा गए राति गएको पहिरोका कारण विस्थापित भएका ६५ घर परिवारलाई सुरक्षित ठाँउमा सारिएको छ ।
विस्थापित भएका करिव १ सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाँउपालिकाको खाली कोठामा सारिएको गाँउपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताउनुभयो ।
आइतवार घट्नास्थल पुग्नु भएका उर्जा, सिंचाई तथा जलस्रोत राज्य मन्त्री पूर्ण बहादुर तामाङ्ग ले जोखिम युक्त वस्ती तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिनुभएको थियो ।
रामेछापको दोरम्बा शैलुङ्ग गाँउपालिका मा पहिरोमा परी मृत्यु भएका परिवारलाई उर्जा, सिंचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्ण बहादुर तामाङ्गले दश दश हजारका दरले राहत रकम हस्तान्तरण गर्नु भएको छ ।
घटनाको अबलोकन गर्न आइतबारनै घट्नास्थल आइपुग्नु भएको तामाङ्गले ब्यक्ति गत रुपमा प्रति मृतक दश दश हजारका दरले उक्त रकम दिनुभएको हो ।
घट्नामा परी सोही स्थानकी ३० बर्षिय चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोहि वडाका क्रमश वर्ष ५७ की उर्मिला पहरी ,वर्ष ३० का सन्दिप पहरी ,वर्ष ११ का सन्तोष पहरी वर्ष १४ का विज्ञान पहरी को मृत्यू भएको थियो भने ११ बर्षिया अन्जना श्रेष्ठ घाइते भएकी थिइन । उनको सम्पुर्ण उपचार खर्च आफुले ब्यहोर्ने पनि मन्त्री तामाङ्गले घोषणा गर्नु भएको छ ।
पहिरोमा परी सोही वडाका ५५ बर्षका काले पहरी, ५० वर्षका झाइपुरी पहरी ६५ बर्षिया पुड्की पहरी र २१ बर्षिया बिन्दा पहरी हराइरहेको र उनीहरुको खोजतलास भैरहेको दोरम्बा शैलुङ्ग गाँउपालिकाकी उपाध्यक्ष खमला थापा मगरले बताउनुभयो ।
खोजी कार्य दिउसो ३ बजे सम्म जारी रहेको र त्यसपछि भने पानी पर्न लागेपछि स्थगित गरीएको प्रहरी नायव उपरीषक प्रदिप कुमार सिंह ले बताउनुभयो । उहाका अनुसार छ वटा लाशको पोष्टमार्टम घटना स्थलमै गरी आफन्तलाई जिम्मा लागाइएको छ । पहिरो करिव १ किलोमिटर जति भएकोले खोजी कार्यमा कठिनाई भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया