मन्थली,१० भदौ । आज श्रीकृष्ण जन्माष्टमी पर्व रामेछापको मन्थलीमा विभिन्न कार्यक्रमको अयोजना गरी मनाइएको छ ।
सो अवसरमा नेवारी समुदायले राधा कृष्णको झाँकी सहित रथ यात्रा र मारुनी नाच गरी मनाएका थिए भने क्षेत्री,व्राह्मण समुदायले श्रीकृष्णको झाँकी सहित शोभा यात्रा, विभिन्न मन्दिर तथा चोक– चोकमा कृष्णका विभिन्न भजन किर्तन र नाचगान गरी गरी मनाएका थिए ।
आफ्नो समुदायले हिन्दु धर्मावलम्बिहरुको महान देवताका रुपमा श्रीकृष्ण लाई लिइने भएकोले यस्ता विभिन्न कार्यक्रमहरु गरी श्री कृष्णजन्मास्टमी मनाइएको कृष्ण प्रणामी टोलानाथ सुवेदीले बताउनुभयो ।
रामेछापको नेवारी समुदायले यस अघि देखिनै कहिले गाइजात्रा कहिले रोपाई जात्रा त कहिले लाखे नाच सहित सोमवार श्रीकृष्णको रथ यात्रा र मारुनी नृत्य प्रदर्शन गरी श्री कृष्णजन्माष्टमी पर्व मनाएको हो ।
आफुहरुले आफ्नो सस्कृति र परम्परालाई निरन्तरता दिँदा पारिवारीक र जातिय सद्भाव बृद्धि हुने र युवा पुस्तामा कला र सस्कृति कहस्तान्तरण हुने भएकाले यस प्रकारको कार्यक्रमहरुको आयोना गरी श्री कृष्णजन्माष्टमी पर्व मनाइएको नेवा खलः रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले बताउनुभयो ।
नेवारी समुदायको परम्परागत रुपमा रहेको गाइजात्राको दिन देखि श्री कृष्णजन्मास्टमीको भोलिपल्ट सम्म रामेछापको मन्थली, चिसापनी, भंगेरी र ठोसेमा श्रीकृष्ण लिला, लाखे नाच, मारुनी नाच, सहित रथयात्रा गरेर यो पर्व मनाइन्छ ।
यस्ता कार्यक्रमहरुका लागि आफुहरुले युवा पुस्तालाई सिकाउदै संस्कृति जोगाउन लागि परेको मन्थलीका जेष्ठ नागरिक कोमल बहादुर श्रेष्ठले बताउनुभयो ।
आफ्नो समुदायका यी पर्वहरु मनाउनका लागि पहिलेका बुढापाकाहरु नसक्ने र युवाहरुमा कम रुचि हुने भएका कारण युवा पुस्तामा पनि यस्ता कार्यक्रमहरु प्रतिको जोस र जाँगर बढाउन सबै खाले कार्यक्रमहरुमा युवाहरुलाई अघि बढाउने गरिएको नेवा दवु रामेछापका कोषाध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो ।
आज जिल्लाका विभिन्न श्रीकृष्णका मन्दिरहरुमा पुजा अर्चना र नाचगानका लागि भक्तजनहरुको भिड लागेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया