Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा उर्जा प्रभावकारी भवन डिजाइन तालिम सुरु

नेपाल अभियान नेपाल अभियान
११ भाद्र २०८१, मंगलवार
in समाचार, समाज
0
57
SHARES
Share on FacebookShare on Twitter


मन्थली,११ भदौ । रामेछापको मन्थली नगरपालिकामा आयोजना गरिएको नगरपालिकाका प्राविधिक कर्मचारीहरु र साना तथा मध्यम उद्यमीका लागि उर्जा प्रभावकारी भवन डिजाइन सम्बन्धि ३ दिने तालिम मंगलवार बाट मन्थलीमा सुरु भएको छ ।


तालिममा मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिकाका २५ जना भन्दा बढि भवन डिजाइन गर्ने प्राविधिकहरु सहभागि छन् ।
विल्डिङ इनर्जी इफिसियन्सी नेपाल परियोजनाको आयोजनामा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन मन्थली नगर प्रमुख एबं कार्यक्रमका प्रमुख अतिथि लव श्रेष्ठले ब्यानर पढेर गर्नु भएको थियो ।
तालिममा वागमती प्रदेशको परियोजना सम्पर्क ब्यक्ती संगिता थापा, इन्जिनियरहरु क्रमश राजु सिवाकोटि, दिवश अधिकारी, अस्मिता अधिकारी ,ओमडी राज उपाध्याय लगाएतले सहजीकरण गरिरहनु भएको मन्थली नगरपालिकाका इन्जिनियर डिल्ली अधिकारीले बताउनुभयोे ।


तालिमको उद्घाटन सत्रका अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले ठाँउ र भुगोलका आधारमा उर्जा प्रभावकारी भवन निर्माण गर्नु पर्ने भन्दै मन्थली नगरपालिका भित्र अब बन्ने नयाँ भवन उर्जा प्रभावकारी बनाउन आफु लागि पर्ने बताउनुभयो ।

कार्यक्रमकी अध्यक्ष समेत रहेकी मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतले हरेक संरचना निर्माण पछि अनुगमनको पाटो उप प्रमुखको भएको तर आफु प्राविधिक क्षेत्रको नभएका कारण निर्माण तर्फको धेरै कुरा थाहा नहुने भएपनि जस अब्जस भने आफुले लिनु पर्ने भन्दै प्रविधिक ज्ञान नहुँदा अनुगमन तथा मुल्याङ्कन मा समस्या हुने गरेको बताउनुभयो । उहाले नगर मा अब भवन निर्माण गर्ने हरुले उर्जा प्रभावकारी निर्माण गर्नुपर्ने बताउनुभयो ।


सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेलले अब बन्ने आर.सी.सी(पक्की) भवन मात्र नभए ढुंगा माटोका र काठका घरहरु समेत उर्जा प्रभावकारी डिजाइन गरिनुपर्ने वताउनुभयो । उहाले पहिले भुकम्प प्रतिरोध भवन बन्नुपर्ने अनि मात्र उर्जा प्रभावकारी हुनुपर्ने कुरालाई जोड दिनुभयो ।
तालिम विहिवार सम्म चल्ने अयोजकले बताएको छ ।

Share23Tweet14Share4

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

११ भाद्र २०८१, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

११ भाद्र २०८१, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

११ भाद्र २०८१, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

११ भाद्र २०८१, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

११ भाद्र २०८१, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

११ भाद्र २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero