Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वर्तमान सरकारबाट देशको हित हुन सक्दैनः प्रकाण्ड

नेपाल अभियान नेपाल अभियान
१६ भाद्र २०८१, आईतवार
in समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१६ भदौ । विप्लवको नेतृत्वमा क्रियाशिल नेपाल कम्युनिष्ट पार्टीका वागमती प्रदेशका ईन्चार्ज एवं केन्द्रीय प्रवक्ता खड्काबहादुर विश्वकर्माले देशमा भएका पछिल्ला राजनीतिक घटनाक्रमहरूले नागरिकहरुको हितमा काम हुन नसक्ने बताउनु भएको छ । जिल्ला पार्टिको छैटौ पुर्ण बैठकपछि आईतवार मन्थलीमा आयोजित पत्रकार सम्मेलनका क्रममा विश्वकर्माले सो विचार ब्यक्त गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा विश्वकर्माले अहिलेको सरकारवाट देशमा परिवर्तन सम्भव नभएको भन्दै परिवर्तनका लागि मन मिल्ने खालका सबै शक्तिहरु पनि एकजुट हुन सक्ने अवस्था सृजना हुन सक्ने भन्दै सम्बन्धित पक्षलाई सहकार्यका लागि पनि उनले आग्रह गरे ।


ओली नेतृत्वको वर्तमान सरकारले दलाल र पुँजिवादीहरुको पक्षमा काम गरीरहेको आरोप लगाउँदैसमाधानका लागि जनताहरुले पुनः आन्दोलन गर्नु पर्ने अवस्था सृजना हुँदै गएको पनि त्यसका लागि नागरिकहरुलाई तयारी अवस्थामा रहन पनि आग्रह गर्नु भयो ।
विश्वकर्माले भन्नुभयो– “त्यसको नेतृत्व आफनो पार्टिले मात्र गर्न सक्छ । त्यसका लागि आफ्नो पार्टिले मात्र आन्दोलनको नेतृत्व गर्न सक्छ । ”
उहाले कम्युनिष्ट आन्दोलन र परिवर्तनका लागि रामेछाप ऐतिहासिक जिल्ला भएकोले यसको संरक्षणका लागि समाजको सबै शक्ति एकजुट हुनु पनि आग्रह गर्नुभयो । यसका लागि आफ्नो पार्टीले पहिलो चरणमा सबैसँग छलफलको माध्यमबाट समस्या सम्बोधन गर्न चाहेको तर त्यसो हुन नसके देशका राष्ट्रवादि शक्ति र दलका राम्रा मान्छेहरुको पनि सहयोग पाउने विश्वास पनि दिलाउनुभयो । उहाले त्यसका लागि नयाँ ढंङ्गले सोच्नु पर्ने धारणा पनि राख्नु भयो ।


पार्टिको पुर्ण बैठक भएपनि आफु निकट केहि सामुदयीक विद्यालयका शिक्षकहरू समेतलाई साथमानै राखेर २ दिन सम्म बैठकमा रहदा वाल वालिकाको पढाईमा परेको असर र पार्टिको दृष्टिकोणका बारेमा पत्रकारहरुले सोधिएको प्रश्नमा कुनै पनि शिक्षकले राजनीतिक गर्न पाउनु उसको मौलिक अधिकार भएको जिकिर गर्दै प्रवक्ता प्रकाण्डले राजनितिमा सामेल हुँदै गर्दा विद्यालयको पठन पाठनमा भने अवरोध गर्न नमिल्ने आफनो पार्टिको निति रहेको पनि दोहोर्याउनुभयो ।
एक अर्काे फरक प्रश्नको जवाफमा नेता प्रकाण्डले आगामी (०८४) को निर्वाचनमा आफनो पार्टि पनि निर्वाचनमा जाने र अहिलेको अवस्थामा सबै पार्टी एक्ला–एक्लै चुनाव जाने हो भने आफनो पार्टिले सबै भन्दा बढि सिट जितेर शक्तिशाली पार्टिका रुपमा स्थापीत हुने दाबी गर्नुभयो ।
उहाँले अहिले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र लगाएतका पार्टीहरूले सत्ता प्राप्तका लागि गठबन्धन गरेर जोडिएका कारण ठुला पार्टीका रुपमा स्थापीत भएको भएपनि आगामी ०८४ मा हुने आम निर्वाचनमा जनताहरुले उनिहरुलाई धुलो चटाउने ठोकुवा पनि गर्नु भयो ।

तीन पार्टीहरूले गठबन्धन गरेर पनि सन्तोषजनक सिट नल्याएको कुराले उक्त कुरालाई पुष्टि गरेको उहाको तर्क थियो । देशका केही परिस्थितिलाई नियाल्दा बङ्गलादेशको परिस्थिति उन्मुख हुन सक्ने धारणा राख्नुभयो । उकेन्द्रमा सबै राजनीतिक दलहरुसंग विभिन्न विषयमा छलफल भइरहेको पार्टी बागमती प्रदेशका इन्चार्ज प्रकाण्डले बताउनुभयो ।
वर्तमान सत्ताको कुशासनका कारण देश पश्चगामी शक्तिहरूबाट परिचालित हुँदा मुलुकको आर्थिक, सामाजिक र राजनीतिक अवस्थानै चिन्ताजनक अवस्थामा पुगेको भन्दै प्रवक्ता विश्वकर्माले नेपाली जनताहरू अहिले अधैर्यताको अन्तिम बिन्दुमा आइसकेको ठोकुवा पनि गर्नुभयो । उहाले त्यसका लागि देशमा विप्लब नेतृत्को नेपाल कम्युनिष्ट पार्टीको तत्काल आवश्यकता रहेको पनि स्पष्ट पार्नुभयो ।


त्यसका लागि आफनो पार्टिले जनताका माझमा जाने तयारी गरि रहेको र अभियानमा ‘इमानदार कम्युनिस्ट तथा असल लोकतन्त्रबादीहरु संग पनि सहकार्य गर्ने निति पार्टिले लिन लागेको पनि स्पष्ट पार्नुभयो ।
सालिन र वौद्धिक रुपमा पत्रकार माझ उपस्थीति भएका प्रकाण्डले २ दिन सम्म को बैठकमा चलेको छलफल पछि जिल्ला नेताहरुको रिपोर्टबाट रामेछापका जनताले कम्युनिष्ट पार्टीको पक्षमा निकै आशावादी भएको र त्यसका लागि पार्टिका साँगठनिक अभियानमा सहयोग गर्नका लागि आवश्यक वातावरण सृजना भएको पनि बताउनुभयो ।


जिल्लामा नेपाल कम्युनिष्ट पार्टीले सबै दलका इमानदार नेता कार्यकर्तासँग सहकार्य गर्दा राष्ट्रिय रूपमै सहज महसुस गरिएको बताउनुभया । आगामी दिनमा जनताको साथ लिएर अनियमितता, भ्रष्टाचार, बेरोजगारी र जनताको अप्ठ्यारोमा साथ दिने विषयमा बैठकले निर्णय गरेको बताउनुभयो ।


रामेछाप जिल्ला कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक जिल्ला भएकोले पनि यो जिल्ला पार्टिका साथीहरु फरक अरु ईमान्दार पुर्वक सांगठनिक अभियानमा लागेको भन्दै त्यसका लागि आफ्नो पार्टीले पहिलो चरणमा सबै पक्ष सँग छलफल गरेर अगाडि बढ्ने र उक्त छलफलको माध्यमबाट मात्र समस्या समाधानका लागि आवश्यक निचोड निश्कने भन्दै सोहि अनुरुप पार्टिले काम गर्न चाहेको पनि स्पष्ट पार्नु भएको थियो ।

Share9Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१६ भाद्र २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ भाद्र २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१६ भाद्र २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ भाद्र २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ भाद्र २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ भाद्र २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero