मन्थली,१३ असोज । विहिवार देखि लगातार परेको अविरल बर्षाका कारण रामेछाप र सिन्धुलीको जोड्ने खुर्कोटको रामेछाप तर्फको आधा पुल बगाएपछि शनिवार देखि बन्द भएको रामेछाप –सिन्धुली आवागमन बैकल्पिक मार्ग मन्थली –पकरवास– भिरपानी सडक खण्ड अन्तर्गतको बाटो मर्मत पछि आइतवार साझवाट सुचारु भएको छ ।
रामेछापको मन्थली बाट गाइखुरा पुल हुँदै पकरवास– भिरपानी– सित्खा सडक खण्ड मर्मत भए सँगै रामेछापको सित्खा हुँदै सिन्धुलीको मुलकोट सम्मको आवागमन सुचारु भएको खाँडादेवी गाँउपालिकका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डौ लगाएत तराइका विभिन्न जिल्लाहरु जोडने रामेछापको मुख्य नाका खुर्कोटको पुल शनिवार सुनकोसी नदीमा आएको बाढिले बगाएपछि जिल्लाको सिंगो संयन्त्र मन्थली–पकरवास –भिरपानी सडक खण्ड सुचारु गर्न लागि परेको थियो । मन्थली देखि सिन्धुलीको सम्मको अवागमन सुचारु भए सँगै अब तराइका जिल्लाहरुमा समेत आवागमन खुलेको छ ।
आइतवार जिल्ला प्रसाशन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेको अध्यक्षतामा बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले लगातारको वार्षापछि सुनकोशी नदीमा आएको बाढिले खुर्कोटको पुल बगाए सँगै ठप्प रहेकाे जिल्लाकाे यातायात सुचारु गराउन मन्थली –पकरवास –भिरापनी –सित्खा सडकलाई तत्काल मर्मत गरी संचालन गर्ने निर्णय गरेको थियो ।
बाढि पहिरो सँगै जिल्ला सदरमुकाम मन्थली लगाएत जिल्लाका अधिकांस ठाँउमा विद्युत, टेलिफोन, इन्टरनेट र खानेपानी सेवा भने अझै सुचारु हुन सकेको छैन ।
यो बारेमा तपाईको प्रतिकृया