मन्थली,१९ असोज । लगातारको बर्षाका कारण गत शनिवार गएको बाढि र पहिरोका कारण तीन दिन अघि मात्र सुचारु भएको मन्थली–काठमाण्डौ यातायात शनिवार विहान देखि पुनःअबरुद्ध भएको छ ।
दोलखा जिल्लाको मेलुङ गाँउपालिका स्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाँउमा बाटो तामाकोशी नदिकिनारमा भासिएपछि सवारी अवागमन अबरुद्ध बनेको हो ।
मन्थली बाट खुर्कोट हुँदै नेपालथोक – काठमाण्डौ सम्मको आवगामन खुर्कोटमा भएको पुल वगाएपछि र नेपालथोक देखि भकुण्डे वेसी सम्मको सडक रोशी खोलाले बगाएपछि बैकल्पिक मार्गका रुपमा मन्थली बाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचउर निस्केर काठमाण्डौ आउने जाने गरी बाटो खुलाइएको थियो । बाटो अबरुद्ध भएपछि रामेछाप,सोलु र ओखलढुंगा जिल्लाका विभिन्न भागवाट काठमाण्डौ जाने र तीनै स्थानहरुका लागि काठमाण्डौ बाट छुटेका मालवाहक र यात्रुवाहक सवारी साधनहरु सोहि ठाँउमै रोकिएका छन् ।
अबरुद्ध वाटो खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया