मन्थली,५ कार्तिक । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण क्षतिको अबलोकन गर्न जिल्ला आएका उर्जा, जलश्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम) ले खुर्कोटको पुल नवनाई काठमाण्डौ नफर्कने प्रतिबद्धता पुरा गरेका छन् ।
सो समयमा सुनकोशी नदीमा आएको बाढिले खुर्कोटको पुल बगाउँदा रामछाप जिल्लको लागि ठुलो क्षति पुगेको थियो । मन्त्री तामाङको बिशेष पहलमा नेपाली सेना मार्फत खुर्कोटको पुल निर्माण सम्पन्न गरी आइतवार उहाँ राजनधानी काठमाण्डौ फर्कनु भएको हो ।
असोजको १२ गते सुनकोशी नदीमा आएको बाढीले खुर्कोट स्थित मोटरेबल पुलको २ स्पान मध्ये रामेछाप तर्फको १ स्पान बगाएको थियो ।
पुल बगेपछि रामेछाप जिल्ला राजधानी र तराई संगको सम्पर्कबाट विच्छेद वनेको थियो ।
खुर्कोटको पुल बगेपछि रामेछापेली हरु यस अघि बैकल्पिक सडकको रुपमा सित्खाको पुल भएर काठमाण्डौं र तराई जान बाध्य थिए ।
अब यहाँका नागरिकहरु मंगलबार देखि खुर्कोटको पुलबाटनै सहज यात्रा गर्न पाउने भएका छन । सेनाले सबै निर्माणको काम सकेर भोलि (मंगलवार) देखि औपचारिक रुपमा पुल सञ्चालनको तयारी गरेको छ ।
जिल्लाको मुख्य नाकाको रुपमा रहेको उक्त पुल बगाए देखिनै नेपाल सरकारबाट उक्त स्थानमा बेलिब्रीज राख्ने र सो बेलिब्रीजको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय गराउन देखि आफै खटेर सामाग्रीको व्यवस्थापन मन्त्री तामाङ्गले गरेका थिए ।
। खुर्कोटमा रहेको सुनकोशी नदीको पुल राख्ने रामेछाप तर्फको जग आसपासको ग्याबियन लगाएतको निर्माण कार्यमा राज्य मन्त्री आफैले श्रम गरेका थिए । श्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र अन्य जनप्रतिनिधि समेत सम्लग्न थिए । पुल निर्माणका लागि कुनै पनि कुराको कमी हुन नदिन राज्यमन्त्री तामाङले नेपाली सेना र स्थानीय सरकार संँग आवश्यक समन्वय गरेका थिए ।
दशैंको टीका पछि उनी खुर्कोटको पुल निर्माणलाई तिव्रता दिन निर्माण स्थलमा पुगेर निर्माण सामाग्री ओसार पसार लगाएत ब्यवस्थपनका लागि अहोरात्र खटेका थिए ।
करिब ५३ मिटर लामो उक्त पुल नेपाली सेनाका प्रमुख सेनानी नारायण तुम्बाहम्फेको नेतृत्वमा रहेको प्राविधिकको टोलिले जडान गरेको थियो ।
पुल जडान कार्य आईतबार सकिएको भएपनि आबश्यक तयारी पुरा गरेर मंगलबारबाट मात्र यातायात संचालन गर्ने तयारी भएको नेपाली सेनाले जनाएको छ ।
मन्थली नगरपालिकाले मंगलबार दिउसो ११ बजे खुर्कोट पुलको पुःन निर्माण कार्यमा सम्लग्न सवैलाइ धन्यवाद दिने कार्यक्रम राखेको नगर प्रम्ुख लब श्रेष्ठले बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया