मन्थली,१० मंङ्सिर । १० औं उद्योग दिवसका अवसरमा रामेछाप जिल्लाका जुस ब्यवसायी लोकेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ ।
रामेछाप जिल्लाका विभिन्न उद्यमीहरु मध्ये उत्कृष्ठ उद्यमी ठहर्याई मन्थली डिलक्स एग्रो फरेस्ट्रि प्रा.लि का सञ्चालक श्रेष्ठलाई आइतवार मुख्य मन्त्री बहादुर सिंह लामाले एक समारोहका विच सम्मानित गर्नु भएको हो ।
बागमती प्रदेश अन्तर्गतका प्रत्येक जिल्लाबाट एक÷एक जना उद्यमी सम्मान गर्ने क्रममा रामेछाप बाट श्रेष्ठ र दोलखा बाट सुरी मौरी पालक तथा घार उद्योग का सञ्चालक बिशाल खड्का पनि सम्मानित हुनु भएको छ ।
“उद्यमशील संस्कृति, राष्ट्रको सबृद्धि ”भन्ने मूल नाराका साथ उद्योग, वाणिज्य भुमि तथा प्रशासन मन्त्रालयको नव प्रवर्तन उद्यमी सम्मान कार्यक्रम अन्तर्गत मुख्यमनत्रीको कार्यालय मकवानपुरमा आयोजित एक समारोहका विच श्रेष्ठ र खडका लगाएत बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका १३ जना उत्कृष्ठ उद्यमीहरुलाई ४०÷४० हजार नगद, दाेसल्ला र सम्मान पत्रले मुख्य मन्त्री बहादुर सिंह लामाले सम्मान गर्नु भएको हो ।
श्रेष्ठले आफ्नो कम्पनी मार्फत केही बर्ष यता देखि जुनार ,कागती, अमला, किवी जस्ता फलहरूकाे स्क्वास तथा जुस उत्पादन गरि बिक्री बितरण गरीरहनु भएकाे छ ।
यो बारेमा तपाईको प्रतिकृया