मन्थली,५ माघ । नेपाली काँग्रेसको एक सय दिने प्रारम्भिक चरणको बिशेष अभियान मन्थली गरपालिका वडा नं ७ भटौलीमा शनिवार सम्पन्न भएको छ ।
नेपाली काँग्रेस रामेछापको आयोजना, प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्य समिति र मन्थली नगरपालिकाको सह आयोजना र वडा कार्य समिति भटौलीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
वडा सभापति बलबहादुर तामाङको अध्यक्षता एबं जिल्ला प्रतिनिधि सरस्वती घिमिरेको प्रमुख आतित्थ्यता र नेपाली काँग्रेसका पूर्ब महासमिति सदस्य झनक श्रेष्ठको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अबसरमा स्थानीनय पुर्ण माझी,दुर्गा खत्री,निर्माण माझी,टेकमान तामाङ लगाएतले पार्टिको वर्तमान अबस्था,वडामा भएकाे विकास निर्माण र अन्य गतिविधिहरुमा भएका समस्या र समाधानका उपायहरुका वारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रमका अबरमा अभियानको उद्देश्यका बारेमा प्रमुख अतिथि घिमिरेले जानकारी गाराउनुभएको थियो भने विशिष्ट अध्यक्ष श्रेष्ठले अभियानमा वडा कार्य समितिले संगठन विस्तार र बिकास निर्माणका लागि गरेको पहल,भातृ संगठन,टोल कार्यसमितिको गठन तथा परिचालन लगाएतका बिषयमा गरेको प्रयासका वारेमा समिक्षा र छलफल गर्नुपर्ने र त्यसमा भएका कमी कमजोरीलाई सुधार गर्नका लागि नेपाली काँग्रेसले यो अभियान सञ्चालन गरेकोले सबैले आ–आफ्नो तर्फबाट इमान्दारीतापूर्वक लागेर संगठन मजबुत बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका अबसमा बाेल्दै वडा अध्यक्ष भुवन हरी प्रसाईले सिमित स्रोत र साधनका कारण वडाको विकासका गर्न पर्याप्त वजेट विनियोजन गर्न नसकेको स्वीकार गर्दै, कार्यक्रमका अबसरमा प्राप्त सुझावहरुलाई आत्मसाथ गरी आगामी दिनमा गुनासो नआउने गरी काम गर्न प्रयास गर्ने बताउनुभयो । उहाँले वडाले गरेको कामकाे पर्याप्त प्रचार प्रसार गर्न नसक्दा केही नगरेको जस्तो देखिएको भएपनि वडामा भएको स्रोत र साधनलाई परिचालन गरेर विभिन्न सामाजिक कामहरु भैरहेको पनि बताउनुभयो ।
औपचारिक कार्यक्रमको समापन गर्ने क्रममा कार्यक्रमका सभापति बल बहादुर तामाङले वडाको संगठन विस्तारमा धेरै समस्या र चुनौतिहरु कायम रहेको,धेरै मेहनत गरेर जिताएका वडाका प्रतिनिधिहरुले पार्टिको हितमा काम गरेको नपाईएको,जिल्लामा पुगेर विभिन्न समस्याहरु राख्ने अबसर समेत नपाएको गुनासो गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य रामविलास महत्तो, प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्य समिति का अध्यक्ष राजेश श्रेष्ठ,नेविसंघका केन्द्रिय सदस्य नविन कार्की लगाएतको उपस्थिति रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया