काठमाण्डौ,१२ माघ । नेकपा एमाले मन्थली नगर– काठमाडौ सम्पर्क मञ्चले शनिवार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष अरुण प्रसाद अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरी र उपत्यका विशेष प्रदेश कमिटीका सदस्य प्रकाश कुमार श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा मञ्चका सम्पुर्ण पदाधिकारी एबं सदस्यहरु नगर क्षेत्र भित्रका वडा सम्पर्क मञ्चका सदस्यहरु गरी कुल ९१ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्थली नगर प्रमुख लब श्रेष्ठ, युवा सघ केन्द्रिय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य सोनु रोक्का, मन्थली नगर वडा न–२ का वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्की लगाएतको उपस्थिति रहेको सम्पर्क मञ्चका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया