मन्थली,२२ माघ । प्रेस चौतारी रामेछाले आफ्नो स्थापना दिवको अवसर पारेर पाँचौ जिल्ला अधिबेशन मंगलवार मन्थलीमा सम्पन्न गरेको छ ।
चौतारीका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रमका अवसरमा वोल्दै प्रमुख अतिथि श्रेष्ठले पत्रकारीताको मर्म र भवाना मर्दै जान लागेकोले यसलाई जोगाउनु सरोकार वालाहरु सबैको कर्तब्य भएकोले त्यस तर्फ लाग्नुपर्ने कुरालाई जोड दिनुभयो ।
कार्यक्रमका अवसमा पत्रकार महासंघका केन्द्रिय सदस्य नवराज पथिक, जिल्ला उपाध्यक्ष विफा घिसिङ,निवर्तमान अध्यक्ष हिमाल ढुंगेल,प्रेस युनियनकी अध्यक्ष ज्ञानु श्रेष्ठ, समाजबादी प्रेस संगठनका अध्यक्ष कैलाश खत्री नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया,प्रेस चौतारी नेपालका केन्द्रिय र प्रदेशस्तरका पदाधिकारीहरुले आ–अफ्नो मन्तब्य राखेका थिए ।
सो अवसरमा पत्रकार महासंघमा नव निर्वाचित सबैलाई प्रमाणपत्र सहित बधाई ज्ञापन गरिएको थियो भने उत्कृष्ठ पत्रकारीता पुरस्कार सुमित्रा लामालाई हस्तान्तरण गरिएको थियो ।
अधिवेशनले लेख बहादुर बि.क. को अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । यसरी नव गठित सदस्यहरुमा रहनेहरु उपाध्यक्ष द्वय शान्ता श्रेष्ठ र सीता पुरी, सचिब, सहसचिब द्वय र कोषाध्यक्षमा क्रमश शंकर बरुवाल, कुमार मिजार, मणिराज सुनुवार, शर्मिला विसुन्खे रहेका छन् भने सदस्यहरुमा क्रमश ः सन्जना रसाइली,भवानी पाण्डे रहेका छन् । अधिवेशनले नवराज श्रेष्ठ र सुमित्रा लामा लाई प्रदेश परिषद सदस्यमा र युनिक विफा घिसिङ र पार्वती पाठकलाई केन्द्रिय परिषद सदस्यमा चयन गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया