मन्थली,२० फागुन । नेपाल माझी विद्यार्थी सँघ रामेछापले कोशी (लदी) पुजा २०८१ का अवसरमा सदरमुकाम मन्थलीमा साँस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।
संघले सोमबार जिल्ला समन्वय समितिको प्राङ्गडमा साँस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।
उक्त प्रतियोगितामा रामेछाप मन्थली र खाँडादेवी गाउँपालिकाका गरी १७ वटा समूह ले भाग लिएका थिए ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा मन्थली नगरपालिकाकी तपसिला माझी प्रथम, भएकी थिइन । खाडाँदेवी गाउँपालिका कोथवेको समुह द्धितिय र मन्थली नगरपालिका वडा न १ को सामुहिक नृत्यले तृतिय स्थान हासिल गरेको थियो भने रामेछाप नगरपालिका वडा नं –७ धनेघाटकी हिराता माझीले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन ।
विजयी प्रतियोगीलाई कार्यक्रमका प्रमुख अतिथि एबं मन्थली नगर प्रमुख श्रेष्ठले प्रथम द्वितिय र तृतिय हुनेहरुलाई क्रमश नगद १० हजार,८ हजार,५ हजार रुपैया र सान्त्वना हुनेलाई ३ हजार रुपैयाँ,मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वोल्ने माझी अगुवा हरुले विषेश पर्वका रुपमा मनाउँदै आएको लदी पुजाको दिन सरकारले सम्मान स्वरुप सार्वजनिक विदा दिनु पर्ने माग गरेका थिए ।
सो अवसरमा माझी उत्थान सँघका केन्द्रीय सचिव गोपाल माझी,नेपाल आदिवासी जिल्ला समन्वय परिषदका अध्यक्ष शीर बहादुर माझी, नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधी शुक्र माझी,नेकपा एमालेका जिल्ला सदस्य वल बहादुर माझी,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य नवराज माझी लगायतका बक्ताहरुले प्रकृति पुजक जातिको रुपमा आफनो पहिचान बनाएको माझी जातिको संरक्षण सरकारले थप चासो दिनु पर्ने भन्दै सो वर्गको उत्थानका लागि सरकारलाई गम्भिरताका साथ लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अन्त्यमा बोल्दै मन्थली नगर प्रमुख लब श्रेष्ठले कोशि (लदी) पुजा–२०८१ का अवसरमा आम माझी समुदायलाई शुभकामना दिँदै उनीहरुको उत्थानका लागि स्थानीय सरकारले सहयोग गर्ने कुरामा कुनै पनि कन्जुस्याई नगर्ने धारणा राख्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया