मन्थली,९ चैत्र । रामेछाप जिल्लाको लिखु तामाकोशी र गोकुलगंगा गाँउपालिकाको सिमानामा पर्ने छत्तिउने खोलाको माथिल्लो छागोमा महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार करिब ५० बर्षिया महिलाको शब सडिगलेको अबस्थामा शुक्रवार फेला परेको हो । मंगोलिनय जस्तो अनुहार देखिने उक्त शव पोष्टमार्टमका लागि मन्थली अस्पतालमा ल्याइएको र सो का वारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक प्रदिप कुमार सिंङले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया