मन्थली,१४ चैत्र। सकरात्मक सोच एबं सफल तथा आनन्दमय जीवनका लागि ब्रम्हकुमारी राजयोग सेवा केन्द्र रामेछापले मन्थलीमा राजयोग ध्यान विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरको छ ।

बुधावर साँझ र विहिवार विहान दुई पटक सञ्चालन गरीएको उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठले गर्नु भएको थियो ।
जिल्लाका विभिन्न ठाउहरु लगाएत प्रहरी, नेपाली सेना,संघ संस्थाका पदाधिकारी एबं सदस्यहरु, शिक्षक बिद्यार्थीहरू र सर्वसाधारणा समेतलाई यो प्रशिक्षण दिइने बताइएको छ ।

यस प्रशिक्षण बाट मानिसमा फैलदै गएको विकृती,असन्तुष्टि र मानसिक रोग लाई न्यूनिकरण गर्न सहज हुने प्रशिक्षक रमण भट्टटराईले बताउनुभयो ।
प्राय मानिसको शारिरीक रुपमा सबै ठीक ठाक हुँदा हुँदै पनि मनमा बिभिन्न खालका नकरात्मक भावना उत्पन्न हुने, तनाब बढि लिने गरिहेको वर्तमान अबस्थामा विचारमा परिवर्तन आयो भने यस्ता भावनाहरु उत्पन्न नहुने, सकारात्क सोचले सबैको भलो हुने भएकोले आफुले यस प्रकारको अभियान चलाइरहेको जसका कारण धेरैको जिवन शैली परिवर्तन पनि भएको भट्टटराईले बताउनुभयो ।
सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यास समेत बाट गरिने गरिएको उक्त प्रशिक्षण लिनका लागि मानिसहरुको भिड लाग्ने गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया