
रामेछाप को मन्थली नगरपालिका वडा नं ३ ठाँटीमा बा १६ च ६४७६ नं को बलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनस्थलमै मृत्यू भएको छ ।
यसरी मृत्यू हुनेहरुमा सोही स्थानका ६२ बर्षिया कृष्ण नारायण श्रेष्ठ र ११ बर्षिया भुमिका श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन् । यसरी घाइते हुनेहरुमा मन्थली नगरपालिका वडा नं २ का ५१ बर्षिय शेर बहादुर रोक्का, ५६ बर्षिय रुद्र राज श्रेष्ठ, ६६ बर्षिय जहान सिं नेपाली, ६८ बर्षिय होम नारायण श्रेष्ठ, ४१ बर्षिया ठाकुर नारायण श्रेष्ठ, ६४ बर्षिय जगन्नाथ श्रेष्ठ, ५६ बर्षिय कृष्ण बहादुर रोक्का, ३६ बर्षिय मनोज कुमार श्रेष्ठ, २१ बर्षिया करुणा श्रेष्ठ, १० बर्षिया नोर कुमारी पाण्डे, ५५ बर्षिय कृष्ण नारायण श्रेष्ठ ६५ बर्षिया कैलाश नारायण श्रेष्ठ, तुलसा श्रेष्ठ, खित बहादुर पाण्डे रहनुभएको स्थानीय प्रत्यक्षदशी आकाश भट्टराइले जानकारी दिनुभयो ।
स्थानीय शारदा देवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो । घाइतेहरुको कठजोर स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भैरहेको छ भने ४ जनालाई काठमाण्डौ लैजाने तयारी भैरहेको छ । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदिप कुमार सिंहले बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया