मन्थली , जेठ ७ । जिल्ला प्रशासन कार्यालय रामेछापले गुनासाे गर्ने तथा सुझाव दिने र नागरिक वडापत्रकाे वारेमा जानकारी दिने क्यु आर सार्वजनिक गरेकाे छ । नागरिकलाई घरमै बसेर गुनासाे गर्न सुझाव दिन र नागरिक वडापत्रका वारेमा जानकारी दिन सहज हाेस भन्ने उद्देश्य (क्विक रेस्पाेन्स ) क्यु आर सार्वजनिक गरिएकाे रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले वताउनुभयाे । यसै विच जिल्ला प्रशासन कार्यालय रामेछापले आजै जिल्लाका अधिकांस कार्यालयका सूचना अधिकारी र पत्रकारहरू विच अन्तर्कृयात्मक कार्यक्रम पनि सम्पन्न भएकाे छ । कार्यक्रममा अधिकांस सुचना अधिकारीकाे सम्पर्क माेवाईल नं अफ हुने गरेकाे, सुचनाकाे हक सम्बन्धि एेन पुर्ण रूपमा कार्यान्वयन गर्ने नगरेकाे र सूचना अधिकारीलाईकाे अाफ्नाे कार्यालयकाे सबै खाले सूचना का वारेमा जानकारी हुने नगरेकाे जस्ता गुनासाहरू पत्रकारहरूले गरेका गिए ।
यो बारेमा तपाईको प्रतिकृया