
मन्थली,९ जेठ । ‘गरौं योग रहौं निरोग’ भन्ने मूल नाराका साथ आजदेखि मन्थलीमा चार दिने योग शिविर सुरु भएको छ ।
पतन्जली योग समिति रामेछापको आयोजना र मन्थली नगरपालिकाकाे कार्यालय र अायुर्बेद तथा बैकल्पिक चिकित्सालय काे समन्वयमा जिल्लामा पहिलो पटक सुरु भएको उक्त शिविरमा महिला पतन्जली योग समितिकी केन्द्रीय अध्यक्ष साध्वी देवादितीले प्रशिक्षण दिइरहनु भएको छ ।
जिल्लामा योगलाई निरन्तरता दिने, जिल्लाका मानिसहरुलाई योगका माध्यमबाट निरोगी बनाउने र योगका बारेमा जनचेतना जगाई उनीहरुलाई योगमा रुचि बढाउने उदे्श्यले योग शिविर सञ्चालन गरिएको पतन्जली योग समिति रामेछाका पूर्व अध्यक्ष रामहरी सुवेदीले बताउनुभयो ।
शिविरमा बागमती प्रदेश माननिय आनन्द श्रेष्ठ, मन्थली नगर उपप्रमुख इश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, जनपद र शसस्त्र प्रहरी वलका प्रहरी नायव उपरीक्षकहरु लगाएतका जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु ,अन्य कर्मचारीहरु र स्थानीय नागरिकको सहित २ सय भन्दा बढिको सहभागिता रहेकाे थियाे । दैनिक रुपमा उपस्थिती बढने अपेक्षा गरीएको पतन्जली योग समिति रामेछापका अध्यक्ष जगन्नाथ दाहालले बताउनुभयो ।
योगबाट धेरै फाइदा हुने हुनाले यो निरन्तर गरिरहनु पर्ने भन्दै रामेछाप जिल्लालाई योगका माध्यमबाट निरोगी वनाउन सबैले पहल गर्नुपर्ने महिला पतन्जली योग समितिकी केन्द्रीय अध्यक्ष साध्वी एबं योग प्रशिक्षक देवादितीले बताउनुभयो ।
उहाले योग भित्र पर्ने कपाल भाती प्रणायम, सूर्य नमस्कार,अलोम विलोम, हलाशान, जस्ता कृयाकलापले मानिसहरु शारीरिक र मानसिक रुपमा निरोगी भई स्वस्थ्य जीवन जिउन सक्ने पनि बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया