मन्थली,९ असार । सिन्धुलीको सुनकोशी गाँउपालिकाले आफ्नो दोस्रो गाँउ सभा एवं सत्रौं अधिबेशनको अवसर पारेर शिक्षा क्षेत्रमा उल्लेख्य नतिजा हासिल गर्ने विभिन्न विद्यालय, विषयगत शिक्षक तथा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुने विद्यालयहरुमा (आधारभूत १–५ तर्फ) गणेश मा.वि थापा थुम्का, (आधारभूत तह ६–८ तर्फ ) आ.वि. परेवाडाँडा र मा.वि ( ९–१० ) तर्फबाट दीर्घ प्रदिप मावि रहेका छन् । उक्त विद्यालयहरुको तर्फवाट क्रमशः मुरारी दाहाल, तुलसी प्याकुरेल र राजन बास्तोलाले सम्मान पत्र ग्रहण गर्नु भएको थियो ।
त्यसैगरी बिभिन्न बिषयमा पालिका स्तरीय परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यालयका विषयगत शिक्षकहरु र विद्यार्थीहरुलाई नगद सहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा आधारभूत तह अन्तर्गत कक्षा ८ को पालिका स्तरीय परीक्षामा विज्ञान विषयमा शत प्रतिशत विद्यार्थीहरु उत्रिर्ण गराउन सफल हुने श्री प्रगतिशिल मा.वि का विज्ञान शिक्षक सेविका निरौला (आचार्य) रहनु भएको छ भने आधारभूत तह अन्तर्गत कक्षा ५ र ८ का तीन वटा विषयमा शत प्रतिशत विद्यार्थी उत्रिर्ण गराउन सफल गरेको भन्दै ज्वाला देवी माबिका शिक्षकहरु पनि सम्मानित हुनुभएकाे छ ।

विशेषगरी अग्रेजी, गणित,सामाजिक, विज्ञान र नेपाली विषयमा उत्कृठ अंक ल्याउन सफल हुने शिक्षकहरुलाइ सम्मान गरिएको होे ।
साे अबसरमा कक्षा ५ र ८ मा उत्कृष्ठ जिपिए ल्याई उत्रिर्ण हुने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको श्री प्रगतिशिल मावि का शिक्षक रमेश आचार्यले जानकारी दिनुभयो ।
गाँँउपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ लागि बिभिन्न शिर्षकमा खर्च गर्ने गरी चालु र पुँजिगत बजेट समेत विनियोजन गरेको छ ।












यो बारेमा तपाईको प्रतिकृया