मन्थली ,२२ असार । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मन्थलीले सकरात्मक सोचद्वारा रचनात्मक जीवन शैली सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

दुई दिन सम्म फरक– फरक समयमा सञ्चालन हुने बताइएको उक्त कार्यक्रममा ब्रह्मकुमार राजु घलेले प्रशिक्षण दिइरहनु भएको छ ।
कार्यक्रमका अवसरमा उहाँले सकरात्मक सोच नै खुसी को पहिलो आधार हो भन्दै वालवालिकाहरुलाई मोवाइल र ल्यापटप जस्ता वस्तुहरु सानै उमेरदेखि दिन नहुने कुरालाई जोड दिनुभयो ।
उहाँले सकरात्मक सोचले नै पारिवारिक शान्ति र खुसी मिल्ने भएकाले पनि हरेक कुरालाई सकरात्मक रुपमा लिनुपर्ने बताउनुभयो । कार्यक्रम सोमवार विहान पनि चल्ने ब्रह्माकुमार डा. भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो ।













यो बारेमा तपाईको प्रतिकृया