Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कुलो निर्माण गर्न जुटे मन्थलीका किसान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ श्रावण २०८२, आईतवार
in समाचार, समाज
0
33
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ५ साउन । साउनको पहिलो हप्ता वित्न लाग्दा समेत जिल्ला सदरमुकाम मन्थली रहेको करिव ४ सय रोपनी फाँटमा रोपाई हुन नसके पछि यहाँका कृषकहरु कुलो बनाउन जुटेका छन् ।

दिनभरको टन्टलापुर घाम खपेरै भएपनि रणजोर खोलाका ढुंगाहरु ओसार्ने सेउला काट्ने काम गरेर सोही खोलामा रहेको बाध बनाउन उनीहरु जुटिरहेका हुन् ।


यस अघि असार महिनामा रणजोर खोलामा आएको बाढिले खेतको सतह भन्दा ३ मिटर भन्दा बढि गहिरो पारी कुलाको बाँध लगेपछी यहाँको उक्त फाँट हाल सम्म पनि रोपाई हुन सकेको छैन ।


बिशेष गरी सानीमदौ, ठुली मदौ रात्टार,मच्छेडाडी र मन्थली खादवारी का मानिसहरुको बढी खेत रहेको उक्त फाट रोपाई गर्न उनीहरुले तिन दिन देखि दैनिक जसो जनश्रमदान गरी कुलोको बाँध बनाउन जुटीरहेका छन ।


स्थानीय निकायको आशा गर्दा गर्दै आफुले राखेको विउ छिपिन्न लागेकोले जनश्रमदान गरेरै भएपनि कुलोका बाध बनाएर रोपाई गर्ने योजना बनाएको स्थानीय कृषक बिष्णु सुबेदीले बताउनुभयो ।


एक सय वीस घरधुरीका महिला र पुरुष सबै उपस्थित भएर कुलो बनाए धान रोपेरै छाड्ने अठोटका साथ महिलाहरु पनि त्यत्तिकै संख्यामा कुलो बनाउन जुटेको स्थानीय कृषक उर्मिला सुबेदीले बताउनुभयो ।

खेतको सतह भन्दा निक्कै गहिरो बनाएर कुलाको बाध खोलाले कटान गरेपछि यहाँका ति एक सय वीस् घरधुरीका मोहीहरु जम्मा भएर कुलो चलाउने कम्मर कसेका हुन् ।
गाँउका पुरुष र महिला बरावारी रुपमा यस कामका लागि खटेका छन् ।

असार महिनाको पहिलो सातानै आफ्नो खेतको नजिक रहेको कुलाको बाध आफ्नो खेत सहित बगाएको तर यसलाई आफ्नो खेत गएपनि कुलोचलाए धान रोपाई गर्ने तयारी का साथ गाँउले सबै मिलेर कुलो मर्मत गर्न लागेको साथै कुलोको बाध सँगै आफ्नो धेरै खेत रणजोर खोलले बगाएपछि अब नबगाउने गरी बनाउनका लागि मन्थली नगरपालिका लाई अनुरोध गर्ने स्थानीय कृषक गोपी भुजेलले बताउनुभयो ।


आफुहरुले तीन चार दिन सम्म श्रमदान गर्दापनि कुलाको बाँध बनाउन गारो भएपछि मन्थली नगरपालिकालाई अनुरोध गरेको र पालिकाले जेसिवि पठाइदिन्छु भनेकोले अब कुलो को बाध वनाउन सजिलो हुने अपेक्षा आफुहरुले गरेको अर्का कृषक शिब सुबेदी बताउनुहुन्छ ।

मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले भने कुलो को बाँध भत्किएर हाल सम्म रोपाइ नभएको भन्ने गुनासो भर्खरै प्राप्त हुन आएकोले उक्त समस्या समाधानका लागि आफ्नो पालिकामार्फत जेसिवी चाडैने पठाउने तयारी गरिएको बताउनुभयो ।

यदि स्थानीय तहले यस समस्याको समाधान गरिदिने हो भने साउनको पहिलो हप्तामानै मन्थली नगरपालिका वडा नं –१ को ४ सय रोपनी भन्दा बढि खेतमा रोपाई हुने अर्का कृषक कुमार सुबेदी बताउनुहुन्छ ।

Share13Tweet8Share2

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

५ श्रावण २०८२, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

५ श्रावण २०८२, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

५ श्रावण २०८२, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

५ श्रावण २०८२, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

५ श्रावण २०८२, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

५ श्रावण २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero