
काठमाडौं , १० साउन । ४७ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमाले मन्थली नगर –काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा बृहत रक्तदान कार्यक्रमकोे आयोजना गरेको छ ।
“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सम्पर्क मञ्चका अध्यक्ष अरुण प्रसाद अधिकारीको अध्यक्षता एबं नेकपा एमाले केन्द्रीय कमिटी की सदस्य गीता कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोक ठकुरी, रामेछाप जिल्ला पार्टी अध्यक्ष पुरुषोत्तम कडरिया,सचिव प्रकाश कुमार कार्की ,केन्द्रीय युवा संघ सदस्य गणेश बज्रलामा, सम्पर्क कमिटी सचिवालय सदस्यहरु क्रमश सुरेन्द्र बहादुर कार्की, अमित कार्की, विद्या चौहान, मन्थली नपा वडा नं–३ का वडा अध्यक्ष कृष्ण बहादुर थापा, रामेछाप–काठमाण्डौं मञ्चका अध्यक्ष रविन्द्र भण्डारी, सचिब निराजन तिमिल्सिना, लिखु तामाकोशी–काठमाण्डौं, खाडादेवी –काठमाण्डौं ,रामेछाप नगर–काठमाण्ड सम्पर्क मञ्चका अध्यक्ष , पदाििधकारीहरू , उद्योगी, व्यापारी, समाजसेवी, विद्यार्थी नेता, र सामाजिक क्षेत्रमा क्रियाशीलहरु ब्यक्तिहरु सहित ६९ जनाले रक्तदान गरेका थिए ।

रक्तदानमा सहभागि हुने सबैलाइ प्रशंसा पत्र समेत बितरण गरिएकाे थियाे ।
सो अबसरमा विशेष रूपमा १०६ पटक रक्तदान गरी उदाहरणीय कीर्तिमान राख्नुभएका विक्रम श्रेष्ठको समेत सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका दुईसय भन्दा बढिको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन गर्ने क्रममा सम्पर्क मञ्चका अध्यक्ष अधिकारीले नेपाल कम्यूनिष्ट पार्टिका संस्थापक स्व.कमरेड पुष्पलालको आदर्श योगदान महत्वपूर्ण रहेको भन्दै उहाँको स्मृति दिवसले उहाँले देखाउनुभएको मार्गमा आफु जस्ता सबै कार्यकर्ताहरु हिडन सक्ने प्रेरणा मिल्नुपर्ने बताउनुभयो ।
उहाँले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रक्तदान कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै सम्पर्क मञ्चका अरु कार्यक्रमहरुमा पनि यस्तै सहयोगको अपेक्षा समेत गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया