मन्थली, १८ साउन । रामेछापको खाँडादेवी गाँउपालिका र सुनकोशी गाउपालिका जोड्ने क्षतिग्रस्त पुछिघाटको पुल नयाँ निर्माण हुने भएको छ ।

गत असोज १२ गते सुनकोशी नदीमा आएको बाढि यहाको पुल क्षतिग्रस्त बनेपछि यहि असार महिनामा मात्र अस्थायी रुपमा प्रयोग गर्न मिल्ने गरी बाँस र पल्याक राखेर मर्मत संहार गरिएको थियो ।
यो पुल दीर्घकालिन रुपमा काम गर्ने गरी मर्मत संहार गर्न नमिन्ने भएपछि नयाँ बनाउन प्राविधिक सर्बे सुरु गरिएको खाँडादेवी गाँउपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले आसोज १२ गते सुनकोशी नदीमा आएको बाढिका कारण क्षति भएका खाँडादेवी गाँउ पालिका अन्तर्गतका पुलहरु, मध्ये पुछिघाट र सिमलडाँडिमा नयाँ बन्ने तथा बेलघारी र बेनी लगाएतका पुहरु स्तरोन्नति सहित मर्मत हुने गरी आबश्यक तयारी भैरहेको पनि बताउनुभयो ।
उक्त दिनको बाढिका कारण पुलमा क्षति पुगेपछि खाँडादेवी बाट सुनकोशी गाँउपालिकाको खाल्टेमा अध्ययन गर्न जाने दुई दर्जन विद्यार्थीहरु, दैनिक रुपमा चैनपुरमा खेति किसानी गर्न जाने मजदुरहरु र शिक्षक, स्वास्थ्यकर्मी लगाएत दैनिक एक सय जना भन्दा बढिले यही पुलबाट झुण्डीएर जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।
जोखिमन्यूनिकरण गर्न खाँडादेवी गाँउपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय रामेछापले विपत ब्यवस्थापन अन्तर्गत कोशी वारपार गर्न प्लाष्टिकको डुंगा उपलब्ध गराएपनि डुंगा तार्ने ब्यक्तिलाई कुनै सेवा सुबिधा उपलब्ध नगराएपछि त्यो पनि प्रभावकारी भएको थिएन ।
अस्थायी रुपमै भएपनि पुल मर्मत भएको र अब नयाँ पुल बन्ने आश्वासन गाँउपालिकाले दिएपछि यहाँका सबै स्थानीयवासीहरु खुसी भएको स्थानीय शिक्षक इन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया