मन्थली, १८ असोज । शुक्रवार वाट परेको अविरल बर्षाका कारण रामेछाप र सिन्धुली ओखलढुंगा र तराइका विभिन्न जिल्लाम बाट विपी राजमार्ग हुदै काठमाण्डौ हिडेका सवारी साधनहरुलाई सिन्धुलीको खुर्कोट र काभ्रेको मंगलटार तथा काठमाण्डौ यस मार्ग हुदै गन्तब्यस्थान का लागि छुटेका सवारी साधनहरुलाई काभ्रेको काभ्रे भन्ज्याङमा प्रहरीले रोकेको छ ।

गत वर्ष असोज १२ गते रोशी खोलामा आएको बाढिले विपी राजमार्गका अधिकांस सडकमा क्षति पुर्याएको र अस्थायी रुपमा मर्मत गरी सञ्चालनमा ल्याइएको भएपनि अविरल बर्षाका कारण पुन क्षति हुन सक्के सम्भावनालाई मध्यनजर गर्दै सवारी साधन अवागमनमा रोक लगाइको सडक विभागका प्रवक्ता प्रभात कुमार झा ले बताउनुभयो ।
दशैका बेला घर आएकामानिसहरु काठमाण्डौ फर्कने तथा दशैमा टिका लागउन आवत जावत गर्ने मानिसहरुका कारण हिजो आज सबै खाले यात्रुवाहक साधनहरु भरिभराउ रहेका छन् ।
यसै विच अबिरल बर्षाका कारण हुन सक्ने सम्भाबित जोखमका कारण जिल्ला प्रहरी कार्यालय रामेछापले सतर्कता अपनाउन अनुरोध गरको छ । कार्यालयले यस बेला अत्याबश्क काम वाहेक वाहिर ननिस्कन, खोला तथा कोसी किनार मा नगई सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै कहि कतै त्यस्तो दुर्घटना वा बिपद परेको खण्डमा तत्काल आफ्ना प्रहरी यूनिट वा जिल्ला प्रशासन कार्यालयमा खवर गर्न अनुरोध समेत गरेको रामेछाप प्रहरी प्रबक्ता कौशल न्यौपानेले बताउनुभयो ।
यसै विच अविरल बर्षाका कारण सडक बाट चिप्लेर विपी राजमार्गको मुल्कोट ( गैरीपुछार) नजिक एउटा इभी दुर्घटना भएको छ । काठमाण्डौ बाट पाथिभराका लागि छुटेको ००१ ज ११७ नं को भ्यान दुर्घटना हुँदा त्यसमा सवार १ दर्जन भन्दा बढि मानिसहरु सामान्य घाइते भएका छन । घट्ना बारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीले जानकारी दिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया