मन्थली ,५ कार्तिक । आज साँझ दीप प्रज्वलन गरी नेपाल सम्बत ११४६ को स्वागत गरिएको छ ।
नेवा खलः र नेवा दयः दबु रामेछापको आयोजनामा विहान प्रभातफेरी, प्रवचन लगाएतका कार्यक्रमहरु गरी साझ भने दीप प्रज्वलन गरी नेपाल सम्बतको नयाँ बर्ष ११४६ लाई स्वागत गरिएको हो ।
बाजा गाजा सहितको र्यालीले मन्थली बाजारका विभिन्न क्षेत्रहरु परीक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

कोण सभाका अवसरमा नेवा खल रामेछापका अध्यक्ष शेखर मान श्रेष्ठ, नेवा दया दवु बागमती प्रदेशका चन्द्र मानन्धर, बागमति प्रदेश सांसद आनन्द श्रेष्ठ, डा सुमन कर्मचार्य लगाएतले नेपाल सम्बत ११४६ को महत्वका वारेमा चर्चा गर्नु भएको थियो ।
नेवारी समुदायका मानिसहरुको वाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम पछि साझ मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्वलन गरिएको हाे । नेवारी समुदायमा आजै ‘म’ पूजा समेत गरिएको छ ।











यो बारेमा तपाईको प्रतिकृया