Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

यस बर्षको तिहारमा मादलको माग बढेपछि जब्बर बहादुरलाई भ्याइनभ्याई

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ कार्तिक २०८२, शुक्रबार
in समाचार, समाज
0
15
SHARES
Share on FacebookShare on Twitter

मन्थली,७ कार्तिक । हरेक वर्ष मादल विक्रि भएन भनेर चिन्ता गर्ने रामेछापको एक मात्र मादल उत्पादन गर्ने ‘ढिकुरी सेतीदेवी छाला जन्य बस्तु उत्पादन उद्योग’का सञ्चालक जब्बर बहादुर बादीले यस बर्षको तिहारमा मादल माग अनुसारको उत्पादन गर्न सकेनन् ।


तिहार नलाग्दै प्राय मादल मर्मत मा मात्र जुटेका रामेछापको मन्थली नगरपालिका वडा नं –७ का जब्बर बहादुर बादीका दम्पती राती ४ घण्टा भन्दा बढि आराम नगर्दा पनि ग्राहकको माग अनुसार यस बर्ष मदल दिन नसकेका हुन ।


तिहार सकिए सँगै मन्थली नगरपालिका वडा नं–७ भटौलीमा बादी दम्पती अहिले माग अनुसारको मादल उत्पादन तथा मर्मत गर्न नसकेको प्रति चिन्तित छ ।
यही पेशा बाट जिविकोपार्जन गर्र्ने जब्बर बहादुरलाई आफु सहित ३ जनाको जहान पाल्नु पर्ने बाध्यता भएपनि यो पेशा नियमित रुपमा चल्न नसक्दा पनि माग अनुसारको सप्लाई हुन नसकेको हो ।


बिषेश गरी तिहारमा देउसी भैलो खेल्ने प्रयोजनका लागि मर्मत गर्न बढि आउने गरेको मादल नयाँ निर्माणका लागि विभिन्न झमेलाहरु भएको उहाको दाबी छ ।
आर्थिक अभाबका कारण पर्याप्त मादलका लागि आबश्यक कच्चा पदार्थ जुटाउन नसक्दा आफुले माग अनुसारको उत्पादन गर्न नसकेको जब्बर बाहादुर बादी बताउनुहुन्छ ।


हरेक वर्ष तिहार र सोह् श्राद्धका बेला मादल मर्मत र नयाँ खरिदका लागि मानिसहरुको भिड लाग्ने भएपनि मादलका लागि आबश्यक कच्चा पदार्थहरु, छाला, काठ, किट जस्ता सामग्रीहरु आर्थिक अभावका कारण जुटाउन नसक्दा उहाँको पेशा नियमिति चल्न नसकेको हो ।


नियमति पेशा चलाउन धेरै संघ संस्था र मन्थली नगर पालिकामा हार गुहार गरेको भएपनि कतैबाट सहयोग नभएको उहाको गुनासो छ ।
आर्थिक अभाकै कारण तिहार अघिपछि मादल उत्पादन गर्न नसकेकका कारण पनि उहाले माग अनुसारको मादल उत्पादन गर्न नसक्नु भएको हो ।


विगत चार दशक देखि आफुले गर्दै आएको मादल बनाउने पेशा नियमित रुपमा सञ्चालन गर्न आबश्यक सहयोग नसक्दा तिहार पर्खनुपर्ने बाध्यता उनीमा हटेको छैन ।
४० बर्ष देखि मादल बनाउदै आएका ६१ बर्षिया जब्बर बहादुरले दश वर्ष अघि बाट मात्र ढिकुरी सेतीदेवी छाला जन्य बस्तु उत्पादन उद्योग को नामबाट मादल मर्मत र निर्माण गर्दै आउनु भएको हो ।


तिहारका बेलामा मात्र आफ्नो उद्योगमा २÷३ जना अरु थप कामदार राख्ने तर अघि पछि भने जब्बर बहादुर का दम्पतीलाइनै काम नपाउने अबस्था सृजना भएको छ ।
तिहारका वेला को सामान्य कमाइले मात्र जिविकोपार्जन नहुने भएपछि उहाले अरुको खेत बारी कमाउनु भएको छ ।


तिहारका बेला मात्र चल्ने उहाको पेशा द्धन्द काल र कोरोना महामारीका बेला बन्द भएपछि उहा बैल्पिक पेशा मा पनि लाग्नु भएयो ।
तिहारको लागि १५ दिन मात्र आफुहरु ब्यस्त हुँदा ९० हजार देखि १ लाख सम्म मादल मर्मत बाट कमाइहुने गरको भएपनि त्यस पछि मादलको काम नआउने गरेको मन्थली –७ की मादल उत्पादन कर्ता मैया बादी बताउनुहुन्छ ।


रामेछाप जिल्लामा मात्र हैन यहा उत्पादन भएका मादलहरु सिन्धुली जिल्लाको सदरमुकाम लगाएतका अन्य बजार क्षेत्रहरुमा पनि पनि बिक्री हुने गर्दछन ।
रामेछाप र सिन्धुलीका स्टेशनरी पसलहरुबाट मादलको राम्रो ब्यापार हुने गरेको छ ।


रामेछापमा उत्पादित स्थानीय मादल राम्रो बज्ने भएपनि फिनिसिङ्ग मा ध्यान नदिइने भएकाले आफुले गोर्खा र धादिङ्ग बाट हरेक वर्षको तिहारमा ६० –७० बटा मादल ल्याएर विक्रि गर्ने गरको र जिल्लामा आफ्ना जस्ता पशल अरु पनि भएकाले त्याहाबाट पनि यहि बेला मादलको विक्रि राम्रो हुने गरेको सिन्धुली स्थित सफल स्टेशनरीका प्रोप्राइटर बिनय दाहाल बताउनुहुन्छ ।


उहाले भन्नु भयो– सिन्धुलीमा तिहारमा मात्र हैन अघि पछि पनि राम्रो सँग मादल विक्रि हुन्छ । राम्रो फिनिसिङ सहितको मादल पाउने हो भने बाहिरी जिल्ला नगई रामेछापको मादल बिक्रि गर्न सकीन्छ ।


यता मन्थली नगरले पनि बेला बेलामा यस्ता तालिमहरु दिने गरेको छ तर तालिम लिएका प्रशिक्षार्थी हरुले पर्याप्त सामग्रीहरु उत्पादन गर्न नसेकोकोले उनीहरुलाई थप सहयोग गर्न समस्या भएको तर उत्पादन गर थप सहयोग गर्न समस्या नहुने मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेत बताउनुहुन्छ ।


उहाले भन्नुभयो–“विभिन्न ठाउमा साना तथा घरेलु उद्योग ब्यवसाय सम्बन्धि तालिम दिइएको मादल टेम्को दमाहा मादल बनाउनेले भन्दा अरु बिषयमा तालिम लिएकाहरुले उत्पादन थालेर बजारीकरण गरिसकेकोले मादल बनाउने हरुले पनि पर्याप्त उत्पादन गर्ने हो भने बजारको समस्या हँुदैन । ”

रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा गरी करिब २० घर परिवारका १ सय भन्दा बढि बादीहरुको जनसंख्या रहेको छ । ।
एक सय घर वादी समुदायको भएपनि परम्परागत रुपमा रहेको बादीहरुको पेशा धान्ने यी जब्बर बहादुर मात्र एक हुन् । मादल बनाउने काम यो समुदायको पुख्र्यौली पेशा पनि हो ।


आर्थिक अभावका कारण पेशालाई निरन्तरता दिन नसक्ने वित्तिकै यो लोप भएर जाने संम्भावना पनि बढेको छ । स्थानीय तहले यस्ता सीप भएका ब्यक्तिहरुलाई संस्थागत गर्न लगाई बिषेश अनुदानका कार्यक्रमहरु दिन सके यस्ता उद्यमीहरुको पेशा जोगिने मन्थली नगरपालिका वडा नं ७ का स्थानीय सुदर्शन प्रसाईले बताउनुभयो ।

Share6Tweet4Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

८ कार्तिक २०८२, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

८ कार्तिक २०८२, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

८ कार्तिक २०८२, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

८ कार्तिक २०८२, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

८ कार्तिक २०८२, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

८ कार्तिक २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero